Hotline Khabar | News Website यी हुन् बिर्सने रोग डिमेन्सियाको खतरा घटाउने नयाँ उपाय – Hotline Khabar
Shivangi

यी हुन् बिर्सने रोग डिमेन्सियाको खतरा घटाउने नयाँ उपाय

  • हटलाइनखबर
  • १ जेठ, २०७६ मा प्रकाशित

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठनले बिर्सनेसँग सम्बन्धी एक किसिमका रोग डिमेन्सिया हुनसक्ने खतरा कम गर्न पहिलो निर्देशिका प्रकाशन गरेको छ ।

उक्त रोगलाई विश्व स्वास्थय सङ्गठनले स्वास्थ्य सम्बन्धी एउटा प्रमुख विश्वव्यापी चुनौतीका रूपमा अर्थ्याउदै संसारभरि करिब ५ करोड मानिस डिमेन्सिया रोगको सिकार बनेको बताएको छ ।

उक्त सङ्ख्या आगामी ३० वर्षमा तीन गुणा बढ्न सक्ने बताइएको छ । मानिसको सम्झन सक्ने क्षमतामा असर पुर्‍याउन सक्ने उक्त रोगबाट बच्न स्वस्थ र सक्रिय जीवनशैलीको प्रवर्द्धन गर्नुपर्ने लगायतका विषयवस्तु निर्देशिकामा समेटिएको छ ।

डिमेन्सियाको उपचार पत्ता लगाउन वर्षौं लाग्न सक्ने विज्ञहरूको भनाइ छ । डिमेन्सिया लाग्नुको प्रमुख कारण मध्ये एक वृद्धा अवस्था रहेको बताइएको छ ।
तर वृद्ध अवस्थामा हुने यो प्राकृतिक वा अपरिहार्य परिणाम भने होइन ।

रोगबाट बच्न स्वस्थ आहार लाभदायी हुने भए पनि भिटामिन चक्की सेवन गर्नुले भने त्यसबाट बच्न कुनै किसिमको सहयोग नगर्ने सुझाइएको छ ।

डिमेन्सियाबाट बच्न धूम्रपान र मद्यपानबाट टाढा रहनु पर्ने उल्लेख गरिएको छ ।

त्यस्तै शारीरिक वजन, उच्च रक्तचाप र अत्यधिक कोलेस्टोरेलल जस्ता विषयमा उच्च सतर्कता अपनाउनुपर्ने सुझाव दिइएको छ ।

 अरू के छन्:

व्यायाम – वयस्कहरू खासगरि ज्येष्ठ नागरिकहरूले हप्तामा कम्तीमा १५० मिनेट हिँड्ने वा अन्य शारीरिक व्यायाम गर्ने। दैनिक घरको काम गर्ने वा साइकल चलाउने ।

धुमपान त्याग्ने – धुमपान मस्तिष्क र शरीरको लागि खराब हुन्छ ।

खानपानमा ध्यान दिने– स्वस्थ र जैतुनको तेलयुक्त भूमध्यसागरीय शैलीको खानामा पर्याप्त सागसब्जी र फलफूल हुन्छ । त्यो स्वस्थकर हुन्छ ।

भिटामिनको भर नपने – भिटामिनको चक्कीले फाइदा नै गर्छ भन्ने छैन ।

रक्सी नपिउने – धेरै रक्सी सेवन हानिकारक हुन्छ । थोरै रक्सीले फाइदा गर्छ भनिएपनि त्यो निश्चित हुँदैन ।

दिमागको व्यायाम – शब्दहरू बनाउने क्रशवर्ड्स् र केही कम्प्युटर खेलहरूले लाभ दिन सक्छन् ।

सामाजिक हुने – साथीसङ्गीहरूसँग मिल्ने र हेलमेल हुने बानीले फाइदा पुर्‍याउने गर्छ ।

उच्च रक्तचाप रोक्ने – उच्च रक्तचाप ओषधि सेवन गरेर वा अन्य उपाय गरेर घटाउनु पर्छ ।

मधुमेहको उपचार गर्ने – मधुमेहलाई नियन्त्रणमा राखेमा डिमेन्सिया जटिल हुन पाउँदैन ।

उच्च कोलेस्टेरोलदेखि सावधान – उच्च कोलेस्टेरोलले डिमेन्सियाको जोखिम बढाउछ । त्यो घटाउने औषधिले काम गर्छ भन्ने छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
आज महानवमी पर्व – बलिसहित दुर्गा भवानीको पूजा गरिँदै
6 days ago

आज महानवमी पर्व – बलिसहित दुर्गा भवानीको पूजा गरिँदै

काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ…

जागिरे बाबु–आमाका सन्तानमा देखियो यस्तो गम्भीर समस्या
1 year ago

जागिरे बाबु–आमाका सन्तानमा देखियो यस्तो गम्भीर समस्या

काठमाडौँ, १४ जेठ । अभिभावकको रोजगारीले बालबालिकालाई के दिन्छ ? सबैको जवाफ हुन्छ लालनपालन तर रोजगारीका नाममा कामको पछि दौडिएर…

खानेकुराबाट दुई सय किसिमको रोग
1 year ago

खानेकुराबाट दुई सय किसिमको रोग

काठमाडौँ, ५ जेठ । रोगबाट जोगिन मानिसले खानेकुराको स्वच्छतामा विशेष ध्यान दिनुपर्नेमा हुन्छ । ‘खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिबद्धता’…

Below News 2