Hotline Khabar | News Website खानेकुराबाट दुई सय किसिमको रोग – Hotline Khabar
Shivangi

खानेकुराबाट दुई सय किसिमको रोग

  • रासस
  • ५ जेठ, २०७६ मा प्रकाशित

काठमाडौँ, ५ जेठ । रोगबाट जोगिन मानिसले खानेकुराको स्वच्छतामा विशेष ध्यान दिनुपर्नेमा हुन्छ ।

‘खाद्य पदार्थमा स्वच्छताः हामी सबैको प्रतिबद्धता’ भन्ने प्रमुख नाराका साथ विश्व खाद्य स्वच्छता दिवस प्रथम र एघारौँ राष्ट्रिय खाद्य स्वच्छता दिवसका अवसरमा खानेकुराको अस्वच्छताले बढी रोग लाग्ने, शिशु, वृद्ध र गर्भवती, खाद्य व्यापार आयात एवं निर्यात तथा पर्यटन क्षेत्रमा असर गर्ने, स्वास्थ्य रक्षासम्बन्धी खर्च बढाउने र खाद्य शृङ्खलाले अन्तर्राष्ट्रिय सीमासमेत पार गर्ने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने सुझाव दिइएको छ ।

खाद्यमा हुने अस्वच्छता हटाउन सरोकार पक्षलाई अभिप्रेरित गराउन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले नियमित रुपमा काम गर्दै आएको छ । खाद्यमा हुने अस्वच्छताले सबैभन्दा बढी बालबालिका र वृद्धामा रोग लाग्ने गरेको कार्यालय प्रमुख प्रमोद कोइरालाले जानकारी दिए ।

खाद्य पदार्थलाई स्वच्छ बनाउन उत्पादक, वितरक, उद्यमी, निर्यातकर्तासमेतलाई सचेतना तालीम दिइएको छ । गत वर्ष यसै सम्बन्धमा ८७ र यस वर्ष अहिलेसम्मका अवधिमा २७ मुद्दा दर्ता भएको छ । खानेकुराबाट लगभग दुई सय ५० किसिमको रोग लाग्ने गरेकाले जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
आज महानवमी पर्व – बलिसहित दुर्गा भवानीको पूजा गरिँदै
2 days ago

आज महानवमी पर्व – बलिसहित दुर्गा भवानीको पूजा गरिँदै

काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ…

जागिरे बाबु–आमाका सन्तानमा देखियो यस्तो गम्भीर समस्या
1 year ago

जागिरे बाबु–आमाका सन्तानमा देखियो यस्तो गम्भीर समस्या

काठमाडौँ, १४ जेठ । अभिभावकको रोजगारीले बालबालिकालाई के दिन्छ ? सबैको जवाफ हुन्छ लालनपालन तर रोजगारीका नाममा कामको पछि दौडिएर…

यी हुन् बिर्सने रोग डिमेन्सियाको खतरा घटाउने नयाँ उपाय
1 year ago

यी हुन् बिर्सने रोग डिमेन्सियाको खतरा घटाउने नयाँ उपाय

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठनले बिर्सनेसँग सम्बन्धी एक किसिमका रोग डिमेन्सिया हुनसक्ने खतरा कम गर्न पहिलो निर्देशिका प्रकाशन गरेको छ…

Below News 2