Hotline Khabar | News Website ‘सैनिक ऐन २०६३’ संशोधन गरियोस्ः देव गुरुङ – Hotline Khabar

‘सैनिक ऐन २०६३’ संशोधन गरियोस्ः देव गुरुङ

  • हटलाइनखबर
  • १ भाद्र, २०७६ मा प्रकाशित

काठमाडौं, १ भदौ । जनयुद्धको बेलामा तत्कालिन माअ‍ोवादीले जनमुक्ती सेनामा भर्तीका लागि नेपाली सेना र प्रहरीलगायतका सबैसँग आह्वान गरेको थियो । थुप्रै सेनाका जवानहरुले विद्रोह गरेर जनमुक्ती सेनामा प्रवेश गरेका थिए ।

त्यो बेलामा नेपाली सेना परित्याग गरेको र विद्रोह गरेको भनेर सैनिक ऐन २०६३ को दफा ४२ अनुसार कसुर लगाएर गत दुई महिनाअगाडि गोरखाको शक्ति गुरुङलाई गिरफ्तार गरेको छ । र सैनिक अदालतले १० वर्षको जेल सजाय तोकेको छ ।

त्यो भन्दा ८ महिनाअगाडि पूर्वमा भगतलाल भन्ने पूर्व जनमुक्ति सेनालाई बन्दी बनाइरहेको छ । र सैन्य अदालतको यो कदम नेपालको संविधानभन्दा विपरित हुन्छ । किन भने १२ बुँदे सम्झौता नेपालको संविधानको अंग बनिसकेको छ ।

नेपलाको अन्तरिम संविधान २०६३ लाई विस्थापित गरेर २०७२ सालमा संविधान जारी भयो । ०७२ को संविधानको धारा ३०४ ले प्रष्टसँग – संविधानका हदसम्म बाझिएका कानुनहरु खारेज हुने भनेको छ र अर्को त्यसैको उपदफामा – अन्तरिम संविधानले भए गरेका काम कारबाहीहरु सबै यो नयाँ संविधान अनुसार हुनेछ भनेर स्वीकार गरिएको छ ।

यो उत्तराधिकारी कानुन सम्बन्धी सूचनाले पनि त्यही कुरा स्वीकार गर्दछ र न्यायको सिद्धान्तले पनि अघिल्लो संविधानले स्वकिार गरेका विषयलाई पछिल्लो संविधानले स्वीकार गरेको छ । पछिल्लो संविधानसँग बाझिएका कानुनहरुको सम्बन्धमा एक वर्षभित्र संशोधन भएको अवस्थामा सोही हुने ।

संशोधन नभएको अवस्थामा बाझिएको हदसम्मका कानुनहरु एकवर्षपछि स्वतः निष्कृय हुने भनेको छ । त्यसकारणले गर्दा यो सैन्य अदालतसम्बन्धी २०६३ को दफा ३८ देखि लिएर दफा ६५ सम्मका कसुरहरुको व्यवस्था छ ।

दफा ४२ सम्म जुन कसुर सम्बन्धी व्यवस्था छ । त्यो व्यवस्था संविधानको धारा ३०४ को उपदफा २ सँग बाझिन्छ । त्यसको विरोधावास हुन्छ ।

त्यो सैनिक ऐन कसुरसँग जोडिएको, विद्रोहसँग जोडिएको सैनिक ऐन स्वतः खारेज हुन्छ । त्यो कार्यान्वयन हुन्छ भन्ने लाग्छ यदी त्यो सक्रिय रहेको ठान्ने हो भने नेपाल सरकारले अविलम्ब त्यो कसुर सम्बन्धी सैनिक ऐन संशोधन गरियोस् । (नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देव गुरुङले प्रतिनिभिसभामा राखेको विचार ।)

फेसबुकबाट तपाईको प्रतिक्रिया
यसकारण सभामुख महरामाथी लगाइएका आरोप सबै ‘झुठ’
11 months ago

यसकारण सभामुख महरामाथी लगाइएका आरोप सबै ‘झुठ’

समाजमा महिलाहरुको दुःखद् घटना भएका छन् । पुरुषहरुबाट तर सबै पुरुष गलत हुन्नन् सम्झ झ्याउकिरीः

३० बर्षमा विश्वविद्यालयलाई सत्यनाश गर्ने मामलामा हाम्रो ठूलो हात छ !
11 months ago

३० बर्षमा विश्वविद्यालयलाई सत्यनाश गर्ने मामलामा हाम्रो ठूलो हात छ !

मेरो पुस्ता घरभन्दा एकघण्टा टाढाको प्राथमिक विद्यालयमा पराल वा खोस्टोले बुनेको चकटी स्कुल गएको पुस्ता हो । मभन्दा अगाडिको पुस्ताको…

कम्युनिष्टहरुमा अनुशासन भएन भने नेतृत्व गर्ने नैतिक शक्ति बाँकी रहँदैन
11 months ago

कम्युनिष्टहरुमा अनुशासन भएन भने नेतृत्व गर्ने नैतिक शक्ति बाँकी रहँदैन

चिनियाँ शैलीको समाजवादबाट समुन्नत चीन निर्माण गर्ने लक्ष्य हासिल गर्न र चीनको विकासलाई चुनौती ठान्नेहरुसँग बिना शत्रुता विकासको चाहना गरेका…

Below News 2