Hotline Khabar | News Website ‘मिसफायर’ भयो भने सरकार र पुलिस झन् बद्नाम हुनेछ: भीम उपाध्याय – Hotline Khabar
Nkhabar

‘मिसफायर’ भयो भने सरकार र पुलिस झन् बद्नाम हुनेछ: भीम उपाध्याय

  • हटलाइनखबर
  • ३ भाद्र, २०७६ मा प्रकाशित

काठमाडौं, ३ भदौ । कसैले पोलेको वा दागा धरेको वा उजुरी गरेकै आधारमा हप्तौ थुन्नु यति सजिलो कुरा र स्वाभाविक विषय हुदै हैन । कसैलाई थुन्नु त्यो पनि बिना जाहेरी ? सबै कुराको प्रमाण संकलन पछि ढुक्क भए पछि बल्ल थुन्नुपर्ने भए थुन्नुपर्छ । आफूलाई सजिलोका लागि नागरिकलाई थुनिहाल्ने न्याय र मुद्दा चलाउने भन्दै ?

यस्तो पनि कुनै मानवीय कानुनी प्रकृया हुन सक्छ ? कोही थुन्नु, थुनिनु के सामान्य हो ? हुनसक्छ ? यस्ता वाहियात कार्यविधि कानुनले गर्दा नै जनता कानुन मिच्न बाध्य हुन्छन् र मिचिँदै गएको हो । रविको मामलामा जे भइरहेछ त्यो हत्या गरेको आरोप हैन, दुरूत्साहनको हो , त्यो पनि भिडियोमा बोलेको आधारमा ।

कसैले जाहेरी लेखेको वा मृतकले सुसाईड नोट पनि लेखेको हैन । सुसाईड गर्ने मान्छेको मानसिक संतुलन बिग्रिसकेको हुन्छ र त्यस्ताले भन्दैमा हत्तपत्त मान्यता कसरी पाउछ ? यत्तिकै आधारमा थुनिनु सामान्य कुरा हैन, साधारण कमजोर गुमनाम मान्छे थुनिदा त्यो अरूलाई सामान्य लाग्ला तर लाखौं समर्थक र फ्यान भएका ब्यक्तिहरू समाजमा लोकप्रिय र शक्तिशाली हुन्छन्, त्यसमा सबै बिशेष सिरियस र स्मार्ट हुनुपर्छ, फुकिफुकी कदम चाल्नुपर्छ ।

काईते प्रकृयाकै बलमा काम गर्दा अहिलेका जनताले मान्दैनन् । सुसाईड दुरूत्साहन गर्ने ब्यक्ति हत्यारा मानिनु हुदैन, त्यस्तोमा दुरूत्साहन गरेकोमा तारेखमा राखेर पनि तहकिकात गर्न सकिन्छ । रातारात गैरकानुनी ढंगमा स्टुडियोमा घुसेर, छापामार शैलीमा गिरफ्तार गरेर, बिनापोस्टमर्टम, बिनाजाहेरी, सोसल मिडियाको भिडियोकै भरमा गिरफ्तार गर्नुले यस्तो अवान्छित परिस्थिति ल्याएको हो । यो परिस्थिति यसरी अगाडी यसरी नै बढ्यो भने शान्तिसुरक्षा नै ध्वस्त हुनसक्छ, अनि जे पनि हुन सक्छ ।

यस्तोमा कसैले जिस्कनु हुदैन । थुन्ने कुरा कसैका निम्ति पनि सामान्य हैन, यो असामान्य हो । वाह राम्रो काम भयो भन्नेहरू परपीडक र बिकृत मानसिकताका हुन् । स्व. शालिकरामको मुचुल्का काण्डले झन् गम्भिर मोड लिने देखिन्छ, त्यहा‘ ठ्याक्कै हत्या गरेको हो भन्ने देखिन्छ । यसरी मिसफायर म्यासाकर गरिएको प्रमाणित भएमा पुलिस र सरकार झन् बद्नाम हुन सक्छन्, बचेखुचेको विश्वसनीयता सखाप हुन सक्छ । बाघको सवारी चढ्नु खतरनाक हुन्छ, ओर्लियो कि बाघले नै खाईदिन्छ ।

अगाडी यदि यसमा पुलिसको अक्षमता लापरवाही र कसैको उक्साहटमा गरेको भन्ने कथं देखियो भने, गल्ति गरेको प्रमाणित भयो भने, यसरी अनाहकमा अपमानित बद्नाम गर्न थुनेको र नाराजुलुसका लागि समर्थकहरूलाई दुरूत्साहन गरेर अमनचयन खल्बलाएको कुराको अब जवाफदेहीता कसले लिने ?

जनतालाई कसले औचित्य बुझाउने, सम्झाउने ? थुन्ने कुरा मिसफायर हुनेगरी कहिल्यै गर्न हुदैन । तर रवि काण्ड मिसफायर हो वा हैन हेर्न बाँकी छ । शालिकरामलाई न्याय हुनुपर्छ ।

उनको हत्या हो वा आत्महत्या त्यो तय नभईकन् यसरी अल्लारे तालमा यसपूर्व नै यत्रो रडाको मच्चिनुमा को दोषी हो ? यो दोष कबाडी कानुनी प्रकृयाको हो । गिदी नखियाई मान्छे थुनेर हाकिमको तुज्जुक देखाउने सरकारी अधिकारीहरूमा ब्याप्त बिकृत सामन्ती संस्कारको कारणले पनि हो । पुलिस पुरातन छ, स्मार्ट पुलिस प्रणाली छैन, यस्तोमा जनताले दुःख पाउछन् र सरकार निरन्तर अलोकप्रिय बन्छ । र, शासकीय र प्रशासनिक अस्थिरता नियमितता बनिरहन्छ ।

समाजमा अपराध हुन्छन्, अपराध रोक्न सकिन्न हत्तपत्त । तर अपराधी उम्कन भने कदापी हुदैन, नभए सरकार किन पाल्ने ? पुलिस स्मार्ट हुनैपर्छ, नही तो नही चलेगा ! (भीम उपाध्याय नेपाल सरकारका पूर्व सचिव हुन् ।)

फेसबुकबाट तपाईको प्रतिक्रिया
यसकारण सभामुख महरामाथी लगाइएका आरोप सबै ‘झुठ’
2 weeks ago

यसकारण सभामुख महरामाथी लगाइएका आरोप सबै ‘झुठ’

समाजमा महिलाहरुको दुःखद् घटना भएका छन् । पुरुषहरुबाट तर सबै पुरुष गलत हुन्नन् सम्झ झ्याउकिरीः

३० बर्षमा विश्वविद्यालयलाई सत्यनाश गर्ने मामलामा हाम्रो ठूलो हात छ !
3 weeks ago

३० बर्षमा विश्वविद्यालयलाई सत्यनाश गर्ने मामलामा हाम्रो ठूलो हात छ !

मेरो पुस्ता घरभन्दा एकघण्टा टाढाको प्राथमिक विद्यालयमा पराल वा खोस्टोले बुनेको चकटी स्कुल गएको पुस्ता हो । मभन्दा अगाडिको पुस्ताको…

कम्युनिष्टहरुमा अनुशासन भएन भने नेतृत्व गर्ने नैतिक शक्ति बाँकी रहँदैन
3 weeks ago

कम्युनिष्टहरुमा अनुशासन भएन भने नेतृत्व गर्ने नैतिक शक्ति बाँकी रहँदैन

चिनियाँ शैलीको समाजवादबाट समुन्नत चीन निर्माण गर्ने लक्ष्य हासिल गर्न र चीनको विकासलाई चुनौती ठान्नेहरुसँग बिना शत्रुता विकासको चाहना गरेका…

Below News 2