Hotline Khabar | News Website भौतिक विकासले मात्रै मान्छेलाई शान्ती दिँदोरहेनछः प्रचण्ड – Hotline Khabar
Nkhabar

भौतिक विकासले मात्रै मान्छेलाई शान्ती दिँदोरहेनछः प्रचण्ड

  • पुष्पकमल दाहाल प्रचण्ड
  • १८ भाद्र, २०७६ मा प्रकाशित

काठमाडौं, १८ भदौ । अहिलेको युग एकातिर विज्ञान र प्रविधिले निकै ठुल्ठूलो फड्को मारेर अगाडि बढेको युग हो । अर्कातिर विज्ञान र प्रविधिले मानिसलाई सेवा गर्ने काममा लगायो भने सेवा गर्छ नराम्रो काम तिर प्रयोग गरियो भने नराम्रोतिर पनि जान्छ ।

२१ औं शताब्दीसम्म आउँदा यतिधेरै वैज्ञानिक आविस्कारहरु भएका छन् तर, मानिसहरुको समाज चाँही दिनप्रतिदिन समस्याग्रस्त बन्दै गइरहेको देखिन्छ । त्यसले समस्याको समाधान गरेर मानवमानवका बीचमा आत्मियता, मानवीय भावना एउटा नयाँ मनोविज्ञान, शान्ति, स्थिरता चाँही दिन सकिएको देखिएको छैन् ।

यो भौतिकवाद या भौतिक विकाससँग हाम्रो नेपाली समाजको, इतिहासको पौराणिक कालको पक्ष, मानवीय संवेदनाको पक्ष आध्यात्मिककताको पक्षलाई जोडेन भने भौतिक विकासले मात्रै मान्छेलाई शान्ती दिँदोरहेनछ । मान्छेलाई कुनै अमनचयन दिँदो रहेनछ भन्ने कुरा विश्वव्यापी रुपमा देखिएको छ ।

त्यसकारण अनुभवले के सिकाएको छ भने भौतिक विकासको साथसाथै मानिसहरुकोबीचमा सद्भाव, प्रेम एउटा उच्च आदर्शको निम्ति समर्पित हुने भावना र त्यस्तो सोच विचारको संस्कार अपरिहार्य रहेछ ।

अहिले हामी पश्चिम देशका थुप्रै विद्धानहरु पूर्वीय दर्शनतर्फ फर्किनखोजेको, पूर्वीय दर्शनमा पूर्वीय संस्कृतिमा हाम्रो परम्परामा मानवियताको खोजी गर्न थालेको हामी प्रशस्त उदाहरणहरु पाउँछौं । त्यो विकासले उनीहरुलाई शान्ति र चयन दिन सकेन ।

मानिसहरुमा झन बढी बेचौनी अराजकता, विसंगती थुप्रै खालको विकृतिहरु देखायो । त्यसकारण पूर्वीय दर्शनको अध्ययन गर्ने, पूर्वीय दर्शनबाट केही सिक्ने एउटा प्रक्रिया पनि अगाडि आएको छ ।

हामी नेपाली त त्यसको निम्ती भाग्यशाली छौं । त्यसका लागि देशमा यस्ता परम्पराहरु प्रशस्त मात्रामा रहेका छन् । जसमा हामीले गर्व गर्न सक्छौं । हामीले पुरै संसारलाई किनकी नेपाल भौगोलिक, प्राकृतिक, संस्कृति र इतिहास परम्परा रुपले पनि वैभवशाली देश हो ।

यतिधेरै वैभव, यतिसानो ठाउँमा संसारमा कही पनि भेटिँदैन । यतिधेरै शक्तिपीठहरु भएको, आध्यात्मिक चिन्तनहरु गर्ने गरिएको, महादेव शिव पार्वतीदेखि लिएर जनकपुरमा जानकी र जनकदेखि आधुनिक कालमा गौतम बुद्धसम्म हेर्यो भने चिन्तनका दृष्टिले नेपाल संसारकै अग्रणी देशभित्र पर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
यसकारण सभामुख महरामाथी लगाइएका आरोप सबै ‘झुठ’
2 weeks ago

यसकारण सभामुख महरामाथी लगाइएका आरोप सबै ‘झुठ’

समाजमा महिलाहरुको दुःखद् घटना भएका छन् । पुरुषहरुबाट तर सबै पुरुष गलत हुन्नन् सम्झ झ्याउकिरीः

३० बर्षमा विश्वविद्यालयलाई सत्यनाश गर्ने मामलामा हाम्रो ठूलो हात छ !
3 weeks ago

३० बर्षमा विश्वविद्यालयलाई सत्यनाश गर्ने मामलामा हाम्रो ठूलो हात छ !

मेरो पुस्ता घरभन्दा एकघण्टा टाढाको प्राथमिक विद्यालयमा पराल वा खोस्टोले बुनेको चकटी स्कुल गएको पुस्ता हो । मभन्दा अगाडिको पुस्ताको…

कम्युनिष्टहरुमा अनुशासन भएन भने नेतृत्व गर्ने नैतिक शक्ति बाँकी रहँदैन
3 weeks ago

कम्युनिष्टहरुमा अनुशासन भएन भने नेतृत्व गर्ने नैतिक शक्ति बाँकी रहँदैन

चिनियाँ शैलीको समाजवादबाट समुन्नत चीन निर्माण गर्ने लक्ष्य हासिल गर्न र चीनको विकासलाई चुनौती ठान्नेहरुसँग बिना शत्रुता विकासको चाहना गरेका…

Below News 2