Hotline Khabar | News Website शिव श्री हाइड्रोपावरको आईपीओ सार्वजनिक हुँदै – Hotline Khabar

शिव श्री हाइड्रोपावरको आईपीओ सार्वजनिक हुँदै

  • हटलाइनखबर
  • ८ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, ८ असोज । शिव श्री हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि असोज १६ गतेदेखि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले छिटोमा असोज २४ गते र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा कात्तिक १५ गतेसम्म निष्काशन गर्न सक्नेछ ।

कम्पनीले सर्वसाधारणको लागि ३३ करोड ५१ लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने छ । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् ।

कम्पनीले गत पुसमा प्रभावित क्षेत्रका बासिन्दाको लागि १४ लाख ६७ हजार कित्ता प्राथमिक शेयर निष्काशन गरेको थियो । शेयर मध्ये प्रभावितले शेयर खरिद गरेको ११ लाख ३६ हजार कित्ता पनि सर्वसाधारणलाई बिक्री गर्ने भएको हो ।

आइपिओ निष्कासनका लागि गरेको क्रेडिट रेटिङ अनुसार ‘इक्रा एनपि आइपिओ ग्रेड ४’ प्राप्त गरेको छ । इक्रा नेपालका अनुसार यो रेटिङले कम्पनीको वित्तीय विवरण औसत किसिमको रहेको हुँदा औसत जोखिमको संकेत गर्छ ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा २२.२ मेगावाट क्षमताको अपर चाकु ‘ए’ जलविद्युत आयोजना निर्माण गरेको छ । आयोजनाको निर्माण कार्य ९६ प्रतिशत सकिएकोले अन्तिम चरणको निर्माण कार्य भैरहेको कम्पनीले जनाएको छ ।

आयोजना निर्माणको लागि सुरुवातमा तीन अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएकोमा भुकम्प र जुरेपहिरोको कारणले आयोजना निर्माण कार्य ढिला हुँदा ४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । प्रतिमेगावाट लागत १३ करोड ६० लाख रुपैयाँबाट बढेर २० करोड ७० लाख रुपैयाँ पुगेको हो ।

कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि झण्डै ८ वर्षको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १६ वर्षको छ । कम्पनीले आयोजना निर्माणको लागि ऋणबाट ६४ प्रतिशत र शेयर पूँजीबाट ३६ प्रतिशत संकलन गर्नेछ । धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
विद्युत् प्राधिकरणले ५० ‘चार्जिङ स्टेशन’ बनाउने
11 months ago

विद्युत् प्राधिकरणले ५० ‘चार्जिङ स्टेशन’ बनाउने

तीन वर्ष पहिले नियमित विद्युत् पाउनु नै नेपालीका लागि ठूलो सपना जस्तै थियो । विद्युतको माग र आपूर्तिको व्यवस्थापन नहुँदा…

इवाखोला जलविद्युत आयोजना ९.९ मेगावाट बिजुली राष्ट्रिय प्रशारणलाइनमा जोडियो
11 months ago

इवाखोला जलविद्युत आयोजना ९.९ मेगावाट बिजुली राष्ट्रिय प्रशारणलाइनमा जोडियो

इवाखोला जलविद्युत आयोजनाबाट ९.९ मेगावाट बिजुली उत्पादन सुरु भएको छ । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले निर्माण गरेको उक्त आयोजनाबाट…

ठेकेदारलाई कुलमानको चेतावनीः समयमै काम नसके कारबाही !
11 months ago

ठेकेदारलाई कुलमानको चेतावनीः समयमै काम नसके कारबाही !

प्रदेश नम्बर ५ को रुपन्देही तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा सञ्चालित र…

Below News 2