Hotline Khabar | News Website सलमान खानलाई ज्यान मार्ने धम्की – Hotline Khabar

सलमान खानलाई ज्यान मार्ने धम्की

  • हटलाइनखबर
  • ८ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, ८ असोज । बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । उनलाई सामाजिक संजालमार्फत ज्यान मार्ने धम्की दिइएको हो ।

सलमानलाई स्टुडेन्ट अर्गनाइजेसन अफ पंजाब युनिभर्सिटी(सोपू) नामको समूहबाट धम्की दिइएको हो । सो धम्की सुटर नामको आईडीबाट दिइएको छ ।

धम्कीको स्क्रिनसट सामाजिक संजालमा उपलब्ध छ । पोस्टमा सलमानको तस्विर राखेर नै धम्की दिइएको छ ।

‘सलमान तँ भारतको कानुनबाट बच्न सक्छस् तर बिश्नोई समाज र सोपी पार्टीको कानुनले तलाईं मृत्युको सजाय सुनाइसकेको छ । सोपू अदालतमा तँ दोषी छस्’, सार्वजनिक पोस्टमा धम्की दिदैं भनिएको छ ।

२७ सेप्टेम्बरमा सलमान कालो हरिण शिकार मामिलामा जोधपुर अदालतमा पेस हुँदैछन् । अदालतले यस पेसीमा सलमान उपस्थित नभए उनको जमानत खारेज गर्ने बताएको छ ।

सलमानलाई यसअघि पनि ज्यान मार्ने धम्की दिइएको थियो । सन् २०१८ मा ग्याङ्स्टर लरेन्स बिश्नोईले खुलारूपमा ज्यान मार्ने धम्की दिएका थिए । ततःपश्चात सलमानको सुरक्षा कडा पारिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
एउटा कालजेयी सपना
20 hours ago

एउटा कालजेयी सपना

कविता : एउटा कालजेयी सपना एउटा सपना त्यो कालजेयी सपना जसले नवयुगको निमार्ण गर्यो निद्रामा भएकालाई ब्युँझायो तन्द्रामा भएकालाई उठायो…

‘प्रेम दिवस’लाई ‘लभ डायरिज’
1 day ago

‘प्रेम दिवस’लाई ‘लभ डायरिज’

काठमाडौं ।  ‘प्रेम दिवस’ अर्थात ‘भ्यालेन्टाइन डे’को अवसर पारेर प्रेमकथामा बनेको फिल्म ‘लभ डायरिज’ रिलिज भएको छ । फ्राइडे रिलिज…

‘तिम्रो मुटु’ ल्याइन् राधिकाले (भिडिओ)
1 day ago

‘तिम्रो मुटु’ ल्याइन् राधिकाले (भिडिओ)

सञ्चारकर्मी राधिका कँडेलले ‘तिम्रो मुटु’ बोलको गीत रिलिज गरेकी छन्। राधिकाले गाएको गीतमा अश्विन अधिकारीको शब्द तथा संगीत छ। गीतको…

Below News 2