Hotline Khabar | News Website अनेरास्ववियू नेतृ खनाल ‘भोकमरी र गरिबीबिरुद्धको अन्तराष्ट्रिय युवा पुरस्कार’ बाट सम्मानित – Hotline Khabar

अनेरास्ववियू नेतृ खनाल ‘भोकमरी र गरिबीबिरुद्धको अन्तराष्ट्रिय युवा पुरस्कार’ बाट सम्मानित

  • हटलाइनखबर
  • ९ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, ९ असोज । सन् २०१९ को भोकमरी र गरिबी बिरुद्धको अन्तराष्ट्रिय युवा पुरस्कार नेपाली युवती सम्झना खनाललाई दिएको छ । पच्चीस हजार अमेरिकी डलर पुरस्कार राशी रहेको यो पुरस्कार १८ देखि २९ वर्ष भित्रका युवा प्रतिस्पर्धी मध्ये एक जनालाई दिने गरिन्छ । यो वर्ष पुरस्कारको लागि संसारभरबाट ६ हजार पाँच सय भन्दा बढि प्रतिस्पर्धीले भाग लिएका थिए ।

बिजेता सम्झनाको ‘भोकमरी – एक इतिहास’ भिजन, जसले संसारलाई सन् २०५० भित्र कसरी भोकमरीरहित बनाउन सकिन्छ भन्ने बिषयको परिकल्पना गर्दछ त्यहि सोचको लागि उनले यो पुरस्कार पाएकी हुन् । संयुक्त राष्ट्र बिकस कार्यक्रमका प्रतिनिधि निर्णायक मण्डल रहेको अवार्ड जुरीले चार चरण लगाएर सो पुरस्कारको बिजेता घोषणा गरेको हो ।

जुन देश (अथवा जुन जलबायु)मा जे सम्भब छ त्यसैको बृहत्तर उत्पादन गर्ने, महिलालाई बजार र उत्पादन संग प्रत्यक्ष जोड्ने, समुहमा आधारित माइक्रो फाइनान्स संजाल लाइ ग्रामिण भेगमा विस्तार गर्ने, गाउँको उत्पादन शहरको बजार (पैसा गाउँतिर डोर्याउने) , दिगो विकास लक्ष्य भेट्टाउन गरिब मुलुकको जनताको जिबनमा विज्ञानको प्रयोग र विकाश कसरी गर्ने भन्ने जस्ता अरु थुप्रै भिजन भएको सोचपत्र, र अहिलेसम्म उनले कृषि क्षेत्र र महिला सशक्तिकरणमा गरेको नेतृत्वलाइ सम्मान गर्दै यो पुरस्कार प्रदान गरिएको बिजेता सम्झना बताउँछिन ।

सम्झना बिगत चारवर्ष देखि यिनै सोचमा आधारित भएर अनुसन्धान र प्रचारमा जुट्दै आएकी छन् । उनी हाल नेदरल्याण्ड सरकारको छात्रवृद्धि अन्तर्गत बागेनिगन विश्वविद्यालयमा कृषिमा स्नातकोत्तर गर्दैछन् । उनी अनेरास्ववियू नेतृ तथा तत्कालीन अनेरास्ववियू (क्रान्तिकारी) त्रिभुवन बिश्वविद्यालय समिति सचिवसमेत हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
एउटा कालजेयी सपना
2 days ago

एउटा कालजेयी सपना

कविता : एउटा कालजेयी सपना एउटा सपना त्यो कालजेयी सपना जसले नवयुगको निमार्ण गर्यो निद्रामा भएकालाई ब्युँझायो तन्द्रामा भएकालाई उठायो…

‘प्रेम दिवस’लाई ‘लभ डायरिज’
3 days ago

‘प्रेम दिवस’लाई ‘लभ डायरिज’

काठमाडौं ।  ‘प्रेम दिवस’ अर्थात ‘भ्यालेन्टाइन डे’को अवसर पारेर प्रेमकथामा बनेको फिल्म ‘लभ डायरिज’ रिलिज भएको छ । फ्राइडे रिलिज…

‘तिम्रो मुटु’ ल्याइन् राधिकाले (भिडिओ)
3 days ago

‘तिम्रो मुटु’ ल्याइन् राधिकाले (भिडिओ)

सञ्चारकर्मी राधिका कँडेलले ‘तिम्रो मुटु’ बोलको गीत रिलिज गरेकी छन्। राधिकाले गाएको गीतमा अश्विन अधिकारीको शब्द तथा संगीत छ। गीतको…

Below News 2