Hotline Khabar | News Website अष्ट्रेलियामा फेसबुकमा लाइकको संख्या लुकाइयो, आफ्ना पोस्टमा मात्र लाइक हेर्न मिल्ने – Hotline Khabar
Nkhabar

अष्ट्रेलियामा फेसबुकमा लाइकको संख्या लुकाइयो, आफ्ना पोस्टमा मात्र लाइक हेर्न मिल्ने

  • हटलाइनखबर
  • १० आश्विन, २०७६ मा प्रकाशित

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले अस्ट्रेलियामा एउटा परीक्षणका क्रममा इन्स्टाग्रामले जस्तै प्रयोगकर्ताको पोस्टमा ‘लाइक’को सङ्ख्या लुकाउन लागेको छ ।

अस्ट्रेलियाका कतिपय प्रयोगकर्ताले शुक्रवारबाट अर्काको पोस्टमा गरिएका ‘लाइक’को सङ्ख्या वा जनाइएका प्रतिक्रिया हेर्न पाउने छैनन् ।

गत जुलाई महिनामा यो विवादास्पद परिवर्तनको परीक्षण इन्स्टाग्राममा शुरू गरिएको थियो । प्रयोगकर्तामाझ सामाजिक दबाव घटाउने प्रयासस्वरूप ‘लाइक’को सङ्ख्या घटाउन चाहेको फेसबुकको भनाइ छ ।

गुणस्तर
आफ्ना पोस्टमा चाहिँ गरिएका ‘लाइक’को सङ्ख्या प्रयोगकर्ताले हेर्न पाउने कम्पनीले जनाएको छ ।

कम्पनीकी प्रवक्ता मिआ गार्लिकले अस्ट्रेलियन एसोशिएटेड प्रेसलाई भनिन्, ‘लाइक वा पोस्टमा जनाइएका प्रतिक्रियाको सङ्ख्यामा भन्दा अन्तरक्रिया तथा विषयस्तुको गुणस्तरबारे मान्छेले ध्यान दिऊन् भनेर हामीले सङ्ख्याको कुरा हामीले हटाउन लागेका हौँ ।’

यो परिवर्तनबारे आफूहरूले मानसिक स्वास्थ्यविज्ञ तथा एन्टिबुलिङ अर्थात् अर्कालाई होच्याउने कामविरुद्धका समूहहरूसँग छलफल गरेको गार्लिकले बताइन् ।

यसै महिनाको शुरूतिर हङ्‍कङकी एकजना इन्जिनियरले आफ्नो ब्लगमा भनेकी थिइन्, उनले फेसबुकको एन्ड्रोइड एफमा आफूले एक प्रकारको कोड फेला पारेको बताएकी थिइन् जसअनुसार फेसबुकले ‘लाइक’को सङ्ख्या हटाउने परीक्षण गरिरहेको थियो । तर त्यति बेला फेसबुकले त्यसबारे प्रतिक्रिया दिन मानेन ।

अस्ट्रेलिया, न्यूजिल्याण्ड, ब्राजिल, क्यानडा, जापान र आयरल्याण्डमा परीक्षण गरिरहेको इन्स्टाग्रामले त्यसबारे अहिलेसम्म कुनै तथ्याङ्क सार्वजनिक गरेको छैन ।

’लाइक’को सङ्ख्या व्यापारिक प्रवर्द्धनका लागि महत्त्वपूर्ण पाटो भएको भन्दै कतिपय प्रभावशाली सामाजिक सञ्जाल प्रयोगकर्ताले परिवर्तन ल्याउने कदमको आलोचना गरे ।

तर यो परिवर्तनसम्बन्धी परीक्षणको समय बढाइने वा त्यसलाई स्थायी बनाइने विषयमा उसले केही बताएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
चट्याङ जोखिम न्यूनीकरण गर्ने प्रविधिको जडान
2 weeks ago

चट्याङ जोखिम न्यूनीकरण गर्ने प्रविधिको जडान

सिन्धुपाल्चोक चौतारा साँगचोकगढी नगरपालिका–८ मा चट्याङ जोखिम न्यूनीकरण गर्ने प्रविधिको जडान गरिएको छ ।

आइतबार बिहान भूकम्प गयो
2 weeks ago

आइतबार बिहान भूकम्प गयो

बाग्लुङ र रोल्पाको सीमाना केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

भारतको चन्द्रयान–२ असफल भएपछि नासाले गर्‍यो तस्बीर सार्वजनिक
2 weeks ago

भारतको चन्द्रयान–२ असफल भएपछि नासाले गर्‍यो तस्बीर सार्वजनिक

गत जुलाई २२ तारिखमा भारतले सफलतापूर्वक चन्द्रयान–२ अभियान अन्तर्गत अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो । विक्रम ल्यान्डर नाम दिइएको उक्त…

Below News 2