Hotline Khabar | News Website भारतको चन्द्रयान–२ असफल भएपछि नासाले गर्‍यो तस्बीर सार्वजनिक – Hotline Khabar
Shivangi

भारतको चन्द्रयान–२ असफल भएपछि नासाले गर्‍यो तस्बीर सार्वजनिक

  • हटलाइनखबर
  • १० आश्विन, २०७६ मा प्रकाशित

एजेन्सी । गत जुलाई २२ तारिखमा भारतले सफलतापूर्वक चन्द्रयान–२ अभियान अन्तर्गत अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो । विक्रम ल्यान्डर नाम दिइएको उक्त रोवोटिक यानले यसै महिनाको ७ तारिखमा चन्द्रमामा अवतरण गर्ने लक्ष्य राखिएको थियो ।

यद्यपी चन्द्रमामा अवतरण गर्नुभन्दा केही समय अगाडि उक्त यान भारतको अन्तरिक्ष संस्था इसरोसँगको सम्पर्कबाट बाहिरियो ।
आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट प्रक्षेपण गरिएको चन्द्रयान २ भारतको महत्वाकाँक्षी अभियान थियो ।

हालसम्म रुस, संयुक्तराज्य अमेरिका र चीनलेमात्र आफ्ना अन्तरिक्ष यान चन्द्रमामा अवतरण गराउन सफल भएका छन् । भारत अन्तरिक्षमा शक्तिराष्ट्र बन्न चाहन्थ्यो ।

यद्यपी त्यो योजना यसपटक पुरा हुन सकेन । विक्रम ल्यान्डर गत ७ तारिखदेखि सम्पर्कविहिन छ । त्यसयता उक्त यान कसरी दुर्घटनामा पर्यो भनेर अनुसन्धानहरु भइरहेका छन् ।

हालै अमेरिकी अन्तरिक्ष संस्था नासाले भारतको चन्द्रयान २ अभियान कसरी सफल भयो भनेर तस्बिर सार्वजनिक गरेको छ ।
नासाले विक्रम ल्यान्डरले अवतरण गर्ने स्थानको हाइ रिजोलुसन तस्बिर सार्वजनिक गरेको छ ।

बिहीबार यी तस्बिरहरु सार्वजनिक गर्दै नासाले भनेको छ, ‘हामीले चन्द्रयान २ विक्रम ल्यान्डरको अवतरणस्थलका तस्बिर खिचेका छौं । तस्बिर अँध्यारोमा लिइएको छ । विक्रम ल्यान्डरको स्थितीको बारेमा जानकारी छैन । अक्टुबर महिनामा उज्यालो भएपछि बाँकी तस्बिर खिच्नेछौं ।’

नासाले आफ्नो वेबसाइटमा विक्रम ल्यान्डर चन्द्रमाको सतहमा बजारिएपछि त्यो सम्पर्कविहिन भएको जनाएको छ । माथिबाट तिब्र गतिमा भारतको चन्द्रयान खसेको अनुमान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
विसं २०७८ मा पञ्चाङ्ग निर्णायक समितिकै आधिकारिक पात्रो आउने
2 months ago

विसं २०७८ मा पञ्चाङ्ग निर्णायक समितिकै आधिकारिक पात्रो आउने

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आगामी वर्ष विसं २०७८ देखि संस्थागतरूपमा पहिलोपटक आधिकारिक पात्रो (पञ्चाङ्ग) प्रकाशन गर्ने भएको छ । समितिले…

मंगल ग्रहमा पठाइयो झन्डै दुई केजीको हेलिकप्टर
2 months ago

मंगल ग्रहमा पठाइयो झन्डै दुई केजीको हेलिकप्टर

अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगल ग्रहको प्राचीन इतिहास अध्ययन गर्नका लागि पर्सिभरेन्स रोभरसँगै एउटा हेलिकप्टर पनि त्यसतर्फ पठाएको छ ।…

आइतबार बिहान भूकम्प गयो
1 year ago

आइतबार बिहान भूकम्प गयो

बाग्लुङ र रोल्पाको सीमाना केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

Below News 2