Hotline Khabar | News Website मानव स्वास्थ्यका लागि मुलाको कस्तो महत्व छ ? जान्नुहोस् रोचक तथ्य – Hotline Khabar
Nkhabar

मानव स्वास्थ्यका लागि मुलाको कस्तो महत्व छ ? जान्नुहोस् रोचक तथ्य

  • डा. केदार कार्की
  • १२ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, १२ असोज । औषधिजन्य गुणले भरिपूर्ण तथा बहुउपयोगी खाद्य पदार्थ मुलाको पातमा प्रशस्त मात्रामा भिटामिन–ए पाइने भएकाले यसको हरियो पातको साग भोजन गर्नाले आँखा, मुख, पेट, आन्द्रा, श्वासनांग र गुप्तांगमा लुकेका रोगाणु मर्न र पखालिन गई मानिस सुरक्षित हुन्छ ।

भिटामिन–ए को कमीले हुने विभिन्न प्रकारका चर्म रोग एवं नेत्र रोग यसको सन्तुलित भोजनले निको हुन्छ ।

मुलाको रासायनिक विश्लेषणअनुसार यसमा प्रोटिन, खनिज लवण, कार्बोहाइड्रेड, क्यालोरी, बोसो, क्याल्सियम, फसफोरस, लौह तŒव, भिटामिन–सी र थोरै मात्रामा भिटामिन–बी कम्प्लेक्स पनि पाइन्छ । मुलालाई पूर्ण घरेलु उपयोगमा ल्याउन यसका पात र नरम डाँठ खानामा मिलाएर सेवन गर्नुपर्छ । मुलाको पात र नरम डाँठहरू फाल्नु हुँदैन ।

पातबाट स्वादिष्ट साग पकाउन सकिन्छ । ताजा हरियो नरम मुलाको पातलाई अदुवा कागतीको रस मिलाएर बनाइएको सलादले सम्पूर्ण पेटका विकार निर्मूल पार्छ । यस्तो सलाद कब्जनाशक, पित्तनाशक तथा पेटका सबै विकारलाई नष्ट गरेर शरीरका विजातीय द्रव्यलाई बाहिर निकाल्ने उत्तम आहार मानिन्छ ।

मुलाको पातको सलादमा गोलभेंडा, बन्दा, काउली, बिरेनुन र मरिचको धुलो आदि सामग्रीहरू मिसाउन सकिन्छ । यो सलाद खाना खानुभन्दा पहिलो वा भोजनसँग खान सकिन्छ, जसले गर्दा भोजन सजिलै पच्छ । पोषण विज्ञहरू ठोकुवा गर्छन् कि यो पेट सफा गर्ने उत्तम आहार मानिन्छ । मुला घरको भान्सामा उपयोग हुनुका साथै औषधिजन्य प्रयोग पनि हुन्छ ।

पत्थरीः

मुलाको रस २५ ग्राम र यवक्षार एक ग्राम मिसाएर बिहान एकपटक र दिउँसो खाना खानुभन्दा पहिले एकपटक खाँदा जुनसुकै खाले पथरीहरू गलेर पिसाबबाट निस्कन्छ । कम्तीमा १५ दिन यो मिश्रण प्रयोग गर्नुपर्छ ।

आउँ रगतः

आउँका कारण मानिसहरू धेरै सताइएका हुन्छन् । यसबाट मुक्ति पाउन ताजा मुलाको पातको रस ५० ग्रामका हिसाबले बिहान एवं दिउँसो पिउनाले आउँ चाँडै निको हुने गर्दछ ।

जन्डिसः

यो रोग बडो खतरनाक मानिन्छ । यसको उपचारका लागि लगभग सय डेढ सय ग्राम मुलाको रसमा २०–३० ग्राम मह मिलाएर पिउनाले केही दिनमा रोग निको हुने गर्दछ । यस खुराकलाई बिहानपखमा सेवन गर्न वैद्यले सल्लाह दिन्छन् । मुला र यसको पातको सलादले जन्डिस रोकथाम गर्छ ।

बाथ, दम र खोकीः

यी रोगबाट छुटकारा पाउन १०० ग्राम मुलाको रस एवं १०० ग्राम उखुको रस मिसाएर मन तातो पारी १ महिनासम्म नियमित रूपले बिहान एक खुराक लिनाले फाइदा गर्छ ।

दाँतको समस्याः

मुलाको रसमा नुन मिसाएर दाँत तथा गिजामा दल्नाले दाँतको इनामेल सुरक्षित हुन्छ । दाँत बलियो रहन्छन् यसको चमक सदैव रहन्छ ।

वायु, विकार, कब्जियत र अपचः

अनियमित खानपानका कारण मानिस वायु विकारबाट पीडित रहन्छन् । यसको निदानका लागि खाली पेटमा बिरेनुनसँग मुला खायो भने ग्याँस र वायु बन्न रोकिन्छ र शरीरमा हलुकोपन महसुस हुन्छ ।

यसरी मुलालाई विविध तरिकाले सेवन गर्नाले पाचनप्रक्रिया दुरुस्त रहन्छ । विविध रोगको पनि उपचार हुन्छ । मुला घरमा कहिलेकाहीँ खाइन्छ तर अब नियमित खानुपर्छ । वस्तुतः मुलाको उत्पादन अब व्यावसायिक स्तरमा हरेक मौसममा हुन थालेको छ । तर, जाडोमा उत्पादन भएको मुला बढी स्वादिष्ट र स्वास्थ्यप्रद हुन्छ ।

एउटा कुरा यो पनि ध्यान दिनुपर्छ कि बिनारासायनिक मल उत्पादन मुला मात्र मानव स्वास्थ्यका लागि उपयोगी हुन्छ । मुलाको अचार पनि बनाइन्छ । मुलाको पराठा पनि स्वादिष्ट हुन्छ । तर, जसरी खानुस्, मुलाबाट लिने फाइदामा कमी हुँदैन । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया
यसरी हुन्छ बच्चाको हड्डी कमजोर
3 weeks ago

यसरी हुन्छ बच्चाको हड्डी कमजोर

शरीरमा भिटामिन डी, क्याल्सियम र फस्फोरसको कमीका कारण बच्चाको हड्डीमा देखिने समस्या रिकेट्स हो ।

दशैंमा घुम्ने योजनामा हुनुहुन्छ ? नछुटाउनुस् यी १० ठाउँ
3 weeks ago

दशैंमा घुम्ने योजनामा हुनुहुन्छ ? नछुटाउनुस् यी १० ठाउँ

तराईको फाँटमा धान जुलेको, हरियाली जंगल यी सबै अनुभव एकै यात्रामा प्राप्त हुनेछ ।

विज्ञले भनेः फेस एप्स प्रयोग नगर्नू !
3 months ago

विज्ञले भनेः फेस एप्स प्रयोग नगर्नू !

काठमाडौं, ६ श्रावण । कलाकारदेखि युवापुस्तामाझ ‘फेस एप्स’ नामक एप्स लोकप्रिय भइरहेको छ । उक्त एप्स प्रयोग गर्दै आफ्नो बुढेशकालको…

Below News 2