Hotline Khabar | News Website विद्यार्थी तथा अभिभावकले चितवन मेडिकल कलेजलाई २४ घन्टे अल्टिमेटम – Hotline Khabar

विद्यार्थी तथा अभिभावकले चितवन मेडिकल कलेजलाई २४ घन्टे अल्टिमेटम

  • हटलाइनखबर
  • १२ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, १२ असोज । चितवन मेडिकल कलेजलाई बढी लिएको शुल्क फिर्ता गर्न विद्यार्थी तथा अभिभावकले २४ घन्टे अल्टिमेटम दिएका छन् ।

यसअघि जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा कलेजले एक महिनाभित्र विद्यार्थीहरुलाई बढी लिइएको शुल्क फिर्ता गर्ने प्रतिबद्धता जनाएको थियो ।

फिर्ता गर्नुपर्ने मिति असोज १० गते तोकिए पनि अझै फिर्ता गर्न कलेजले पहल नगरेपछि विद्यार्थी र अभिभावकले २४ घण्टे अल्टिमेटम दिएका हुन् । १० गतेसम्म विद्यार्थीहरुलाई कलेजले लिएको शुल्कको भर्पाइ दिनेगरी पूर्ण प्रतिवेदन बनाउने सहमति भएको थियो ।

अहिलेसम्म भर्पाइ दिने र लिइएको बढी शुल्क फिर्ता गर्नेतर्फ कलेजले आलटाल गरेपछि विद्यार्थी र अभिभावकले २४ घन्टे अल्टिमेटम दिएका हुन् ।

सोमबार बिहान ११ बजेसम्म विद्यार्थीहरुलाई भर्पाइ दिने काम नभएमा चितवन मेडिकल कलेज अस्पतालको गेटमा विद्यार्थी, अभिभावक र नागरिक सम्मिलित बृहत विरोध कार्यक्रम सुरु हुने विद्यार्थीहरुले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
कक्षा १२ को परीक्षा, स्नातक पढ्न बाटो खोल्ने तयारी
1 day ago

कक्षा १२ को परीक्षा, स्नातक पढ्न बाटो खोल्ने तयारी

कक्षा १२ को गत वैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी भइरहेको छ । स्थगित परीक्षा नहुँदा लाखौँ विद्यार्थी अन्योलमा…

शिक्षण संस्था खोल्न फेरि अन्योल
4 days ago

शिक्षण संस्था खोल्न फेरि अन्योल

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण विगत चार महिनादेखि बन्द रहेका शैक्षिक संस्था खुलाउने प्रक्रियाका बारेमा फेरि अन्योल सिर्जना…

कक्षा १२ को परीक्षा असोज दोस्रो साता गर्ने तयारी
5 days ago

कक्षा १२ को परीक्षा असोज दोस्रो साता गर्ने तयारी

सरकारले कक्षा १२ को परीक्षा असोजको दोस्रो सातासम्म गर्ने तयारी गरेको छ । शिक्षामन्त्री गिरीराजमणि पोख्रेलले भने, ‘कक्षा १२ को…

Below News 2