Hotline Khabar | News Website जापान रोजगारीः चिट्ठा परे मात्र परीक्षा दिन पाइने ! – Hotline Khabar
Shivangi

जापान रोजगारीः चिट्ठा परे मात्र परीक्षा दिन पाइने !

  • हटलाइनखबर
  • १३ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, १३ असोज । जापान रोजगारीमा जान ठूलो संख्यामा आवेदन पर्ने अनुमान गर्दै जापान फाउन्डेसनले पहिले चिट्ठा अनि परीक्षाको उपाय अपनाएको छ ।

एकैचोटि ठूलो संख्यामा आकांक्षीले परीक्षा दिँदा त्यसको व्यवस्थापन गर्न कठिन हुने अनुमान गर्दै फाउन्डेसनले चिट्ठा पर्नेले मात्र भाषा परीक्षा दिन पाउने सूचना जारी गरेको हो ।

अब भाषा परीक्षामा सहभागी हुन भाग्यले साथ दिनुपर्नेछ ।

फाउन्डेसनले परीक्षामा सामेल हुन चाहनेका लागि अनलाइन दरखास्त आह्वान गरिएको जनाएको छ । रोजगारीका लागि जापान जान खोज्ने युवाको भाषा र सीप परीक्षण तथा अन्य व्यवस्थापकीय काम गर्न काठमाडौँस्थित जापानी दूतावासले जापान फाउन्डेसनलाई नियुक्त गरेको छ ।

फाउन्डेसनले कात्तिक १०, ११ र १२ मा पहिलो चरणको भाषा परीक्षा हुने जनाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
कोरोना संक्रमणका कारण एकै परिवारका तीनजनाको निधन,तीन जना आइसियु र चार जना आइसोलेसनमा
2 months ago

कोरोना संक्रमणका कारण एकै परिवारका तीनजनाको निधन,तीन जना आइसियु र चार जना आइसोलेसनमा

असोज, ३० तनहुँको भिमाद नगरपालिका– ६ का ९८ वर्षीय धर्मकुमार श्रेष्ठ कान्छा छोराको चितवनस्थित घरमा बसिरहेका वेला ११ असोजमा बेहोस…

संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक
3 months ago

संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

काठमाडौं । कोरोना संक्रमितको उपचार कन्भेलेसेन्ट प्लाज्मा थेरापीबाट गर्न चिकित्सकले प्लाज्मा दान अभियान अघि बढाएका छन्। नेपाल चिकित्सक संघका अध्यक्ष…

छ लाख बढी नेपाली फर्किने, स्वदेशमा गुम्यो २३ प्रतिशतको रोजगारी
3 months ago

छ लाख बढी नेपाली फर्किने, स्वदेशमा गुम्यो २३ प्रतिशतको रोजगारी

कोभिड–१९का कारण एक वर्षमा छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने एक अध्ययनले देखाएको छ । त्यसरी फर्कनेमा विभिन्न देशबाट रोजगारी,…

Below News 2