Hotline Khabar | News Website सैनिक ऐन संशोधन हुँदै, लगानीमैत्री बनाउने तयारी – Hotline Khabar
Nkhabar

सैनिक ऐन संशोधन हुँदै, लगानीमैत्री बनाउने तयारी

  • हटलाइनखबर
  • १३ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, १३ असोज । व्यवसायतर्फ आकर्षित भएको भन्दै आलोचना भइरहेका बेला नेपाली सेनाले ‘सैनिक ऐन–२०६३ लाई नै ‘लगानीमैत्री’ बनाउने गरी संशोधनको तयारी गरेको छ ।

सैनिक कल्याणकारी कोषमा ठूलो रकम जम्मा भएपछि विभिन्न क्षेत्रमा लगानी खुला गर्न ऐन संशोधन गर्न लागिएको हो । हाल लगानी गर्न सेनालाई सैनिक ऐनले रोकेको छ ।

संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागी हुने नेपाली सैनिकले पाउने मासिक भत्ताबाट करिब २२ प्रतिशतसम्म रकम कटौती गरी कोषमा जम्मा गरिँदै आएको छ ।

सैनिक कल्याणकारी कोषमा ४४ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको छ, जसमध्ये करिब साढे ३८ अर्ब विभिन्न बैंकमा जम्मा छ ।

करिब साढे ५ अर्ब रकम कल्याणकारी नियमावलीले तोकेअनुसार स्कुल, अस्पताल, पेट्रोल पम्प, जग्गा खरिदमा लगानी गरिएको छ । सेनाले पछिल्लो समय मनाङको भीमदाङ र सोलुखुम्बुको दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्न चाहेको छ ।

ऐन संशोधन प्रक्रिया अघि बढे यस्ता आयोजनामा लगानीको बाटो खुल्ने खबर आजको कान्तिपुर दैनिकमा जगदीश्वर पाण्डेले लेखेका छन् ।

सेनाको प्राड विवाक (कानुन विभाग) ले सैनिक ऐनलाई लगानीमैत्री बनाउने गरी संशोधन गर्ने प्रस्ताव नीति तथा योजना निर्देशनालयमा पठाइसकेको छ ।

सैनिक प्रवक्ता तथा सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार प्राड विवाकले पठाएको प्रस्तावमाथि बलाध्यक्ष रथी गौरव तन्डुलको नेतृत्वमा बनेको कार्यदलले काम गरिरहेको छ ।

प्राड विवाकको प्रस्तावमा भने ‘सरकारको स्वीकृत लिएर लगानी गर्न पाउने’ गरी ऐन संशोधन गर्न पाउने प्रावधान अघि सारिएको पनि प्रवक्ता पाण्डेले जानकारी दिए ।

अनुसार कार्यदलले विज्ञहरूसँग छलफल गरिरहेको छ । आन्तरिक रूपमा संशोधनको मस्यौदा तयार गरेपछि सेनाले रक्षा मन्त्रालयलाई पठाउनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
नेकपाले सभामुख पद नछोड्ने, उपसभामुखको राजीनामा आउँदै
2 weeks ago

नेकपाले सभामुख पद नछोड्ने, उपसभामुखको राजीनामा आउँदै

नेकपाले सभामुख पद नछोड्ने भएको छ । कृष्णबहादुर महराको राजीनामापछि रिक्त सभामुखमा आफ्नै पार्टीका सांसदलाई बनाउन नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई…

भारतबाट नआउने भएपछि झन् आकासियो प्याजको भाउ
2 weeks ago

भारतबाट नआउने भएपछि झन् आकासियो प्याजको भाउ

‘प्याजको कति हो साहु जी ! आजसम्म १५० रुपियाँ हो तर भोलि कति पुग्छ थाहा छैन’ कीर्तिपुर चोकका तरकारी व्यापारी…

जापानले नेपालबाट कामदारको संख्या बढायो
2 weeks ago

जापानले नेपालबाट कामदारको संख्या बढायो

जापानले पहिलो चरणमा नेपालबाट १ हजार केयरगिभरका लागि श्रमिक माग गर्ने जनाउँदै आवेदन खुला गरे पनि नेपाल सरकारको अनुरोधमा सो…

Below News 2