Hotline Khabar | News Website दुबईमा बस दुर्घटना, ६ जना नेपालीको ज्यान गयो – Hotline Khabar
Nkhabar

दुबईमा बस दुर्घटना, ६ जना नेपालीको ज्यान गयो

  • हटलाइनखबर
  • १४ आश्विन, २०७६ मा प्रकाशित

युएई, १४ असोज । युएईको दुबईमा बस दुर्घटना हुँदा छजना नेपालीसहित आठ जनाको मृत्यु भएको छ ।

युएईस्थित नेपाली दूतावासका श्रम काउन्सीलर भेषबहादुर कार्कीका अनुसार, मृत्यु हुने नेपालीहरुको नेपालस्थित ठेगाना भने खुलेको छैन ।

मृत्यु हुने नेपालीमा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउँद रहेको काउन्सीलर कार्कीले जानकारी दिए ।

फर्स्ट सेक्युरेटी कम्पनीमा काम गर्ने सुरक्षा कामदार बोकेको मिनीबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठोक्किएर दुर्घटना भएको हो । ज्यान जानेमा एक पाकिस्तानी र एक भारतीय नागरिक रहेका छन् ।

दुबई प्रहरीका अनुसार, घाइतेमध्ये पाँच भारतीय र एक जना बंगलादेशी नागरिक छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र सबैलाई उपचारको लागि दुबईमा रहेको अल रसिद अस्पतालमा पुर्‍याइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
अष्ट्रेलियाले ल्यायो नयाँ नियम, नेपालसहित तीन देशका विद्यार्थीमा कडाइ
2 weeks ago

अष्ट्रेलियाले ल्यायो नयाँ नियम, नेपालसहित तीन देशका विद्यार्थीमा कडाइ

अष्ट्रेलियाले पछिल्लो समय नेपाली व्द्यिार्थी सहज रुपमा लैजाँदै आएकोमा अब भने कडाइ गर्ने भएको छ । अष्ट्रेलियाले नेपालसहित अन्य ३…

२०२१ का लागि डीभी खुल्यो, पासपोर्ट अनिवार्य चाहिने
2 weeks ago

२०२१ का लागि डीभी खुल्यो, पासपोर्ट अनिवार्य चाहिने

संयुक्त राज्य अमेरिकाले डाइभर्सिटी भिसा(डीभी) २०२१ का लागि आवेदन खुल्ला गरेको छ। सूचना अनुसार २०१९ अगष्ट २ नोभेम्बर ५ सम्म…

एनआरएनएको सचिवमा अभियन्ता सुष्मा राईको उम्मेदवारी
2 weeks ago

एनआरएनएको सचिवमा अभियन्ता सुष्मा राईको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिव पदमा सामाजिक अभियन्ता सुष्मा राईले उम्मेदवारी दिने भएकी छिन् ।

Below News 2