Hotline Khabar | News Website दशैंपछि राष्ट्रपति जापान, प्रधानमन्त्री अजरबैजान जाने – Hotline Khabar

दशैंपछि राष्ट्रपति जापान, प्रधानमन्त्री अजरबैजान जाने

  • हटलाइनखबर
  • १४ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, १४ असोज । चिनियाँ राष्ट्रपति सी जिन पिङ यही असोज २७ मा नेपाल आउने र राष्ट्रपति विद्यादेवी भण्डारी त्यसको अर्को साता जापानतिर लाग्ने सुरक्षा स्रोतले जानकारी दिएको छ।

तर, सम्बद्ध सरकारी कार्यालयले औपचारिकरूपमा भ्रमण तालिकाको जानकारी दिएको छैन। जापानका नयाँ सम्राट नारोहितोको राज्याभिषेक समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी टोकियो प्रस्थान गर्ने तयारीमा जुटेको शीतल निवास स्रोतले पुष्टि गरेको छ।

कात्तिक ५ मा आयोजना हुने सम्राट नारोहितोको राज्याभिषेकमा सहभागी हुन विश्वबाट २ हजार ६ सय पाहुना जापान पुग्दै छन् । जापानी सञ्चारमाध्यमका अनुसार सो दिन मुलुकभर बिदा घोषणा गरेर राष्ट्रिय पर्वका रूपमा राज्याभिषेक मनाइनेछ।

राष्ट्रपति भण्डारीको भ्रमण आसपासमा प्रधानमन्त्री केपी शर्मा ओली पनि युरोपेली मुलुक अजरबैजानको भ्रमणमा जाने भएका छन् ।

सो मुलुकको राजधानी बाकुमा कात्तिक ८ र ९ गते हुने असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन त्यता प्रस्थान गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
दुई अस्पतालमा कोरोना परीक्षण : एकै व्यक्तिको दुई थरी रिपोर्ट
4 days ago

दुई अस्पतालमा कोरोना परीक्षण : एकै व्यक्तिको दुई थरी रिपोर्ट

प्रदेश १ का दुई प्रयोगशालाबाट एकै व्यक्तिको स्वाब परीक्षण रिपोर्ट फरक फरक आएको छ। विराटनगर १ का ६३ वर्षीय रमेश…

उपचार सफलतामा नेपाल अगाडि, ७२ प्रतिशत संक्रमितले जिते कोरोना
4 days ago

उपचार सफलतामा नेपाल अगाडि, ७२ प्रतिशत संक्रमितले जिते कोरोना

काठमाडौं । राज्यले गर्ने लगानी कम र स्वास्थ्य पूर्वाधार कमजोर भए पनि, प्रशंसनीय कुरा- कोरोना संक्रमितको उपचार सफलतामा हालसम्म नेपाल…

शिक्षण संस्था खोल्न फेरि अन्योल
4 days ago

शिक्षण संस्था खोल्न फेरि अन्योल

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण विगत चार महिनादेखि बन्द रहेका शैक्षिक संस्था खुलाउने प्रक्रियाका बारेमा फेरि अन्योल सिर्जना…

Below News 2