Hotline Khabar | News Website चीनको निगरानी गर्न भन्दै नेपाली भूमिमा भारतीय सेनाको ‘गस्ती’ – Hotline Khabar
Nkhabar

चीनको निगरानी गर्न भन्दै नेपाली भूमिमा भारतीय सेनाको ‘गस्ती’

  • हटलाइनखबर
  • १४ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, १४ असोज । भारतीय सेनाले दार्चुलाको उत्तरी सीमामा गस्ती बढाएको छ । चीनको निगरानी गर्न भन्दै भारतीय सेनाले व्यास गाउँपालिकाका टिंकर क्षेत्रमा गस्ती बढाएको हो ।

तीनवटा कुकुरसहित १७ भारतीय सेनालाई नेपालको टाटागाउँमा गस्ती गरिरहेको पाइएको प्रत्यक्षदर्शीले बताएका छन् । ‘हामी घोडा चढेर तिब्बततर्फ जाँदै थियौं । भारतीय सेनाले गस्ती गरिरहेको भेट्यौं,’ दार्चुला बहुमुखी क्याम्पसका प्रमुख कृष्णसिंह साउदले टेलिफोनमा अन्नपूर्णसँग भने,‘हामीले फोटो खिच्यौं र उनीहरुलाई रोक्न भन्यौं । तर उनीहरु नसुनेझै गरेर गए ।’

साउद नेतृत्वमा ८ जनाको टोली त्यहाँ पुगेको थियो । क्याम्पस प्रमुख साउद, उपप्राध्यापक मदनसिंह कार्की र पदमसिंह बडाल भने तिब्बतको नरी प्रिफेक्चर पुराङ काउन्टीसम्म पुगेका थिए । छ्यालेकमा नेपालको प्रहरी चौकी छ । चौकीमा २३ प्रहरी छन् । यो समाचार अन्नपूर्ण पोस्ट्मा सुरेन्द्र काफ्लेले लेखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
नेकपाले सभामुख पद नछोड्ने, उपसभामुखको राजीनामा आउँदै
2 weeks ago

नेकपाले सभामुख पद नछोड्ने, उपसभामुखको राजीनामा आउँदै

नेकपाले सभामुख पद नछोड्ने भएको छ । कृष्णबहादुर महराको राजीनामापछि रिक्त सभामुखमा आफ्नै पार्टीका सांसदलाई बनाउन नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई…

भारतबाट नआउने भएपछि झन् आकासियो प्याजको भाउ
2 weeks ago

भारतबाट नआउने भएपछि झन् आकासियो प्याजको भाउ

‘प्याजको कति हो साहु जी ! आजसम्म १५० रुपियाँ हो तर भोलि कति पुग्छ थाहा छैन’ कीर्तिपुर चोकका तरकारी व्यापारी…

जापानले नेपालबाट कामदारको संख्या बढायो
2 weeks ago

जापानले नेपालबाट कामदारको संख्या बढायो

जापानले पहिलो चरणमा नेपालबाट १ हजार केयरगिभरका लागि श्रमिक माग गर्ने जनाउँदै आवेदन खुला गरे पनि नेपाल सरकारको अनुरोधमा सो…

Below News 2