Hotline Khabar | News Website एनआरएनएको सचिवमा अभियन्ता सुष्मा राईको उम्मेदवारी – Hotline Khabar
Nkhabar

एनआरएनएको सचिवमा अभियन्ता सुष्मा राईको उम्मेदवारी

  • हटलाइनखबर
  • १४ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, १४ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिव पदमा सामाजिक अभियन्ता सुष्मा राईले उम्मेदवारी दिने भएकी छिन् ।

एनआरएनए आईसिसी सदस्य रहिसकेकी सुष्मा राई चुनावी मैदानमा उत्रिँदै खुला सचिवमा पदमा उम्मेदवारी दिन लागेकी हुन् । तीन कार्यकाल (सन् २०१३ देखि हालसम्म)आईसिसी सदस्यमा रहेर कार्यसम्पादन गरिसकेकी राई एनआरएनए वृत्त विश्वभर परिचित छिन् ।

एनआरएनएका अन्तर्राष्ट्रिय नेताहरुसँग अध्यक्षका प्रत्यासी कुमार पन्त, कुल आचार्य, उपाध्यक्षका प्रत्यासी डा. बद्री केसी, धर्मराज अधिकारीलगायत उनका समकालिन हुन् । उनले यसअघि एनआरएनए युकेकी सचिव (सन् २०११र१३) भएर सफलतापूर्वक कार्यकाल सम्पन्न गरिसकेकी छिन् । आँटिली र हक्की स्वभावकी राईले यसैसाता घोषणा पत्र सार्वजनिक गर्न लागेकी छिन् ।

राजनीति पृष्ठभूमिमा हुर्केकी राई सात सालको क्रान्तिका योद्धा स्वर्गीय रामप्रसाद राईकी नातिनी हुन् । अध्यक्षका प्रत्यासीहरुसित राम्रो सम्बन्ध भएपनि अहिले उनी कुनै प्यानलमा लागेकी छैनन् ।

एनआरएनए मार्फत समाजसेवामा उत्रिएकी राईले सिंगो प्रवासी नेपालीलाई मातृभूमिको विकासमा लगाउने योजना रहेको बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
अष्ट्रेलियाले ल्यायो नयाँ नियम, नेपालसहित तीन देशका विद्यार्थीमा कडाइ
2 weeks ago

अष्ट्रेलियाले ल्यायो नयाँ नियम, नेपालसहित तीन देशका विद्यार्थीमा कडाइ

अष्ट्रेलियाले पछिल्लो समय नेपाली व्द्यिार्थी सहज रुपमा लैजाँदै आएकोमा अब भने कडाइ गर्ने भएको छ । अष्ट्रेलियाले नेपालसहित अन्य ३…

२०२१ का लागि डीभी खुल्यो, पासपोर्ट अनिवार्य चाहिने
2 weeks ago

२०२१ का लागि डीभी खुल्यो, पासपोर्ट अनिवार्य चाहिने

संयुक्त राज्य अमेरिकाले डाइभर्सिटी भिसा(डीभी) २०२१ का लागि आवेदन खुल्ला गरेको छ। सूचना अनुसार २०१९ अगष्ट २ नोभेम्बर ५ सम्म…

दुबईमा बस दुर्घटना, ६ जना नेपालीको ज्यान गयो
2 weeks ago

दुबईमा बस दुर्घटना, ६ जना नेपालीको ज्यान गयो

युएईको दुबईमा बस दुर्घटना हुँदा छजना नेपालीसहित आठ जनाको मृत्यु भएको छ ।

Below News 2