Hotline Khabar | News Website यसकारण सभामुख महरामाथी लगाइएका आरोप सबै ‘झुठ’ – Hotline Khabar
Nkhabar

यसकारण सभामुख महरामाथी लगाइएका आरोप सबै ‘झुठ’

  • मधु कार्की
  • १४ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, १४ असोज । झुठको पछाडिका डिजाइनर भाइरल महिला अभियानताको नाममा कलन्कित गेस गर्नुस ? बिचरी तिमी कति प्रयोग हुन्छौ ? तिमिलाई म एउटी साहसी नारीको रुपमा माया गर्थे ,र स्थापित भएको हेर्न चाहन्थे । तिमी को–को सङ्ग संचालित छौ । त्यो पनि मलाई थाहा छ । सम्झ तिमिले मलाई यी सब कुरा गरेकी छौ र झुटको खेती छोडी असल नारी बन्नेछौ सबैको लागि उपयोगी बन्नेछौ , भनेर कसम खाएकी थिएउ । तिमिलाई मैले साथ दिइन तिम्रो अभियानमा तर यथार्थ बुझेर झुट बुझेर पनि मैले तिमिलाई सुध्र भनेकी थिए ।

सम्पुर्ण पुरुष मित्र, दाइ , भाइ आदरणीय बुवाहरु होसियार रहनुस । मित्रता र मानवियताको साथ आफ्ना दिदिबहिनी र आफन्त भन्दा कोहि महिला फ्रेण्डसिप नगर्नुस् अहिलेको समयमा । यहाँ त महिला अधिकारकर्मी र अभियानताको नाममा रयाकेट चलाइ निर्दोषहरुसँग ब्ल्याकमेल गर्ने गिरोह नै सक्रिय छन् ।

थाहा छ, तिमी शक्तिबाट सञ्चालित छौ । तिमी जे पनि गर्न सक्छौ । मधु एउटी समान्य पत्रकार, अनि पत्रकारितामा पनि संघर्षरत पाइला, न केपि ओली, न प्रचण्ड नत देउवा नै, एक्लो संघर्ष निरन्तरता , सामान्य शुभचिन्तकहरुको माया र प्रोत्साहनले पाइला अगाडी बढाइरहेकी सामान्य मधु तर नेपालकी पक्का धारिएको सिरुपाते खुकुरीको धारजस्तै नेपालकी छोरी हँु , सत्य जे बुझेको छु , प्रत्यक्ष थाहा छ , आवश्यकता र समय आएपछि तिमिहरुका घिनलाग्दा कवर काटिदिने छु ।

आदरणीय मेरा सम्पुर्ण शुभ चिन्तक ,भर्खर सुवात गरेको नेपाल हाउस छोडेर एक्कासी म किन नेपाल आए ? कत्तिले सोच्दाहुन नेपाल हाउस प्राग बन्द हुँदैछः

निर्मलालाई न्याय दिन्छु भन्ने आशमा , मेरी नयाँ प्रिय अधिकारकर्मीले भनिन्– म बोल्छु, भनिन मलाई तपाइको साथ चाहिन्छ , अनि आए सबै छोडेर, सानो बाबू छोडेर तर बोलिनन् । जब यीनको असली रुप देखें, मेरो महाकाली रुपको दर्शन गराएँ । अनि यिनीबाट टाढा भएँ । कमजोर केटी अब मेरो असफलता हेर्न तल्लिन हुन थालिन । किनकी, न म उनको साथी बने नत साथ दिएँ ।

बारम्बार तिनलाई भन्दै गएँ । मित्र शुध्रने प्रयास गर । मेरो पछाडी नलाग ।मेरो त आफ्नै आकाश छ सानो, अनि पन्ख पनि आफ्नै । मेरो आकाशमा बादल कहिले काहीँ ल्याउन सक्छन तर मात्र पलको लागि तर पन्ख काट्ने हतियार त दागबत्ती मात्र हुने छ । जुन दिन म मर्छु । तर अह ! हर्कत छोडिनन् । केही अन्य पत्रकार मित्र जो राजनीतिक इन्क हाली कलम चलाउँछन । म आदर गर्थे । तर तपाईं त ती मित्र भन्दा पनि गए गुज्रेको हुनु हुदो रहेछ । बुद्द भुमिको निश्चल पानी अनि इमान्दारिताको दालभात खाएर निस्केको बुलन्द आवाजको पत्रकारितामा जती सन्तुष्टि अनि सन्तुलित हुन्छ, हुन्न दलगत मिष्ठानमा ।

सानो बाबू अनि नेपाली खानाको स्वादलाई विश्व समुदायबीच परिचय गराएरै छाड्नेछु भनेर आफैंसँग प्रतिबद्धता गर्दै सुरुवात गरेको नेपाल हाउसलाई च्वाट्ट छोडेर प्रिय मित्रको भरोसामा आएँ । जब नेपाल आए अनि देखें बास्तविकता । मेरा सम्पुर्ण आदरणीय सुभचिन्तकहरुलाई पटक्कै मन परेको थिएन । मेरो फ्रेण्ड्सििप ती नयाँ मित्र सङ्ग ।

उहाँहरुलाई उत्तर दिएँ– खराब अनि मुर्ख पनि बिद्द्वान भएको ईतिहास पढेका छौ । जब–जब बुझ्दै गए गहिरिएर चकित भएँ । बलात्कारका झुठा आरोप र बार्गेनिङका कुरा । इन्वेष्टिकेसन गरे केही समय त्यसैको आधारमा भन्दै छु, महरालाई लगाइएको आरोप मिथ्याको हो , मैले त्यतिबेला तीनलाई सम्झाएको अनि केहिसिप नलागेपछि झपारेको थिएँ ।

मैले अत्यन्त श्रद्दा र माया गर्ने मेरो बाबालाई दिएको पिण्डलाई छोएर भन्छुः

मैले जे देखें, बुझे, चिने, यदि कुनै निर्दोष मान्छे आरोपित छ र त्यसमा आफुलाई अग्रिम जानकारी छ भने, चाहे जे होस बोल्नु पर्छ, अन्याय हुन दिन हुन्न भन्ने सुझाव मेरो बाबाको कहिले बिर्सने छैन ।

महिला अधिकार र बलत्कार बिरुद्धको अभियानमा प्रस्टिच्यूसनको र्याकेट चलाई निर्दोष पुरुषहरुलाई ब्ल्याकमेल गर्दै हिड्ने महिला तस्करहरु चामुण्डी मखमली पर्दाफास होला ।

किनकी मधु कार्कीलाई तिमिहरुको चर्तीकला र ब्ल्याकमेल ,नशामा झुम्महुने चेतनाका कमी भएका महिलाको मोबाइलबाट म्यासेज पठाउँदै पुरुषलाई दुहुना गाई बनाउने हरकतको स्मेल । प्रिय अधिकार कर्मीभनौदा तिमिले मधु कार्कीसँग फ्रेन्ड्सििप गर्ने प्रयासमा असलियत चुकाइ सकेको छौं, खबरदार !

हुन त तिमिलाई के थाहा तिम्रो बाउ पनि पुरुषनै हुन भन्नेकुरा ।

समाजमा महिलाहरुको दुःखद् घटना भएका छन् । पुरुषहरुबाट तर सबै पुरुष गलत हुन्नन् सम्झ झ्याउकिरीः नत्र बलात्कारको आरोप लागाउने पतित महिला अधिकारकर्मी र आमा बाबाले सुमसुमाएर मायाले हुर्काएको शरीर बेच्ने नखरमाउलीहरु, होसियार है ! सभ्य संस्सकार बोकेका नेपाली नारिहरुले तिमिहरका जगल्टा उखाल्दै सडकमा नाङ्गेझार पार्लान ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
३० बर्षमा विश्वविद्यालयलाई सत्यनाश गर्ने मामलामा हाम्रो ठूलो हात छ !
3 weeks ago

३० बर्षमा विश्वविद्यालयलाई सत्यनाश गर्ने मामलामा हाम्रो ठूलो हात छ !

मेरो पुस्ता घरभन्दा एकघण्टा टाढाको प्राथमिक विद्यालयमा पराल वा खोस्टोले बुनेको चकटी स्कुल गएको पुस्ता हो । मभन्दा अगाडिको पुस्ताको…

कम्युनिष्टहरुमा अनुशासन भएन भने नेतृत्व गर्ने नैतिक शक्ति बाँकी रहँदैन
3 weeks ago

कम्युनिष्टहरुमा अनुशासन भएन भने नेतृत्व गर्ने नैतिक शक्ति बाँकी रहँदैन

चिनियाँ शैलीको समाजवादबाट समुन्नत चीन निर्माण गर्ने लक्ष्य हासिल गर्न र चीनको विकासलाई चुनौती ठान्नेहरुसँग बिना शत्रुता विकासको चाहना गरेका…

रक्तबिजको आन्दोलनः बाँच्न र पढ्न देऊ
3 weeks ago

रक्तबिजको आन्दोलनः बाँच्न र पढ्न देऊ

काठमाडौं, ६ भदौ । ‘हामी पढ्ने र लेख्ने बेला सडकमा छौं, मेरो बुवा गरिब परिवारमा जन्मिनु भयो र अन्याय, अत्याचारबाट…

Below News 2