Hotline Khabar | News Website महरामाथि यौन दुव्र्यवहारको आरोप लगाउने महिला ज्ञानेन्द्र शाही समर्थक ! – Hotline Khabar
Nkhabar

महरामाथि यौन दुव्र्यवहारको आरोप लगाउने महिला ज्ञानेन्द्र शाही समर्थक !

  • हटलाइनखबर
  • १४ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, १४ असोज । प्रतिनिधि सभाका तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाउने महिला ज्ञानेन्द्र शाही समर्थक रहेको खुलासा भएको छ ।

उनको फेसबुकमा ज्ञानेन्द्र शाहीले संचालन गरेका कार्यक्रमहरु प्रचार प्रसार गर्दै आएकी छन् । केही समय अगाडी ज्ञानेन्द्र शाहीलाई प्रहरीको हिरासतबाट रिहा गर्नका लागि उनका अभियन्ताहरुले गरेको प्रचारप्रसार रोशनीको फेसबुकबाट पनि शेयर भएको देखिन्छ ।

सरकार र नेकपाका नेताहरुविरुद्ध लेखिएका समाचारहरुलाई उनले निकै नै महत्वका साथ प्रचारप्रसार गर्ने पाइएको छ । केही दिनअघि मात्र चितवनमा ज्ञानेन्द्र शाही निर्घात रुपमा कुटिएका थिए । ज्ञानेन्द्र कुटिएपछि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको चरित्र हत्या हुने गरि निकै तल्लो स्तरका प्रतिक्रियाहरु सामाजिक संजालमा आएका थिए । रोशनीले समेत रेणु दाहाललाई विभिन्न आरोप लगाइृएका पोस्ट शेयर गरेकी छिन् । रेणु दाहालको फोटो राखिएको पोस्टलाई ‘अनुहार हेर्दै काँचै खाला जस्तो’ लेखेर शेयर गरेकी छिन् । उनले आफ्नो फेसबुकबाट गणतन्त्रको विरोध र राजतन्त्रकोे पुनस्थापनाका लागि गरिएका प्रचारप्रसार समेत शेयर गरेकी छिन् ।

पछिल्लो समय ज्ञानेन्द्र शाहीले ‘नेपालका लागि नेपाली’ अभियानमार्फत सरकार र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुको विरुद्ध खनिँदै आएका छन् ।

महरालाई लगाइएको बलात्कारको आरोप नै शंकास्पद हुनसक्ने चर्चा चलिरहेको छ । नेकपाभित्र निकै शालिन र भद्र स्वभावका परिचय बनाएका महरामाथि लागेको आरोपले यतिबेला बजार तात्तिएको छ ।

रोशनी शाही भने आफुले कुनैपनि आरोप लगाएको नभई सत्य कुरा बोलेको बताएकी छिन् । आफुसंग सभामुख महराको भाँच्चिएको चस्मा र अरुपनि सबुतहरु रहेको बताएकी छिन् । श्रीमान बाहिर भएकै मौकामा महरा मदिरा लिएर ती युवतीको घरमा पुगेको आरोप ती महिलाको छ । सभामुख महराले केहीबेर अगाडि सभामुखबाट राजीनामा दिइसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
राजकुमार क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकबाट हटाइयो
1 week ago

राजकुमार क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकबाट हटाइयो

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रवन्धक परिवर्तन गरेको छ । प्राधिकरणले विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीलाई बिहीबार साँझ सचिवालयमा…

दशैँमा नेपाली सेनाले निःशुल्क बस सञ्चालन गर्ने(रुटसहित)
1 week ago

दशैँमा नेपाली सेनाले निःशुल्क बस सञ्चालन गर्ने(रुटसहित)

नेपाली सेनाले दशैँका अवसरमा यात्रुलाई निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ ।

राष्ट्रिय अभिलेखालयको कार्यालय सार्न मिल्दैनः पर्यटन मन्त्री भट्टराई
1 week ago

राष्ट्रिय अभिलेखालयको कार्यालय सार्न मिल्दैनः पर्यटन मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले उपयुक्त विकल्प तयार नभई काठमाडौंको रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयको कार्यालय अन्य नसार्ने अडान लिएका…

Below News 2