Hotline Khabar | News Website महरालाई यौन दुव्र्यवहारको आरोप लगाउने महिलाद्वारा स्वास्थ्य परीक्षण गर्न अस्वीकार – Hotline Khabar
Nkhabar

महरालाई यौन दुव्र्यवहारको आरोप लगाउने महिलाद्वारा स्वास्थ्य परीक्षण गर्न अस्वीकार

  • हटलाइनखबर
  • १४ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, १४ असोज । यौन दुव्र्यवहारको आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराको प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ ।

मंगलबार दिउँसो घटना भएको भनिएको सुविधानगरस्थित पीडितको घरबाट रक्सीका बोतल, कपडा र अन्य सबुत संकलन गरिएको प्रहरी स्रोतले बतायो ।

घटना सञ्चार माध्यमहरूमा पुगेको र घटनाले थप उचाइ लिएपछि प्रहरीले मंगलबार पनि ती महिलाको कोठाबाट सम्बन्धित शंकास्पद बस्तु बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुबेदीले जानकारी दिए ।

उनका अनुसार पीडित पक्षले अहिलेसम्म प्रहरीमा उजुरी दिएकी छैनन् । प्रहरीमा उजुरी गर्नुअघि पीडित महिलाको स्वास्थ्य परीक्षण गर्नुपर्ने भए पनि उनी स्वास्थ्य परीक्षण गर्न मानेकी छैनन् । पीडित महिलाले सोचेर तथा सल्लाह गरेर निर्णय लिने बताएको उनले बताए ।

आफ्नै कर्मचारीले जबरजस्तीकरणीको आरोप लगाएपछि महराले मंगलबार दिउँसो पदबाट राजीनामा दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
राजकुमार क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकबाट हटाइयो
1 week ago

राजकुमार क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकबाट हटाइयो

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रवन्धक परिवर्तन गरेको छ । प्राधिकरणले विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीलाई बिहीबार साँझ सचिवालयमा…

दशैँमा नेपाली सेनाले निःशुल्क बस सञ्चालन गर्ने(रुटसहित)
1 week ago

दशैँमा नेपाली सेनाले निःशुल्क बस सञ्चालन गर्ने(रुटसहित)

नेपाली सेनाले दशैँका अवसरमा यात्रुलाई निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ ।

राष्ट्रिय अभिलेखालयको कार्यालय सार्न मिल्दैनः पर्यटन मन्त्री भट्टराई
1 week ago

राष्ट्रिय अभिलेखालयको कार्यालय सार्न मिल्दैनः पर्यटन मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले उपयुक्त विकल्प तयार नभई काठमाडौंको रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयको कार्यालय अन्य नसार्ने अडान लिएका…

Below News 2