Hotline Khabar | News Website रोशनी शाहीको सनसनीपूर्ण खुलासाः महरा सर मेरो बुवा जस्तो मान्छे, उहाँबाट ममाथि दुर्व्यवहार भएको छैन ! – Hotline Khabar
Nkhabar

रोशनी शाहीको सनसनीपूर्ण खुलासाः महरा सर मेरो बुवा जस्तो मान्छे, उहाँबाट ममाथि दुर्व्यवहार भएको छैन !

  • हटलाइनखबर
  • १४ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, १४ असोज । सभामुख कृष्णबहादुर महरामाथि यौन दुव्र्यवहार आरोप लगाएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले एक दिनमै कुरा फेरेकी छन् । आइतवार राति सभामुख महराले कोठैमा आएर जबरजस्ती यौन दुर्व्यवहार गरेको आरोपसहितको समाचार सार्वजनिक भएको २४ घण्टा नबित्दै घटनामा ट्वीस्ट आएको हो ।

यो प्रकरणमा गम्भीर नैतिक संकट परेपछि महराले सभामुख पदबाट राजीनामा दिएको केही घण्टापछि रोशनीले सञ्चारकर्मीहरुसँग कुरा गर्दै आइतवार राति आफ्नो कोठामा कोही पनि नआएको दाबी गरेकी छन् ।

‘महरा सर मेरो बुवा जस्तो मान्छे बुवाको उमेरको मान्छे, मलाई उहाँले त्यही किसिमको व्यवहार पनि गर्नुभएको छ । बुवा जस्तो मान्छेबाट छोरीमाथि त्यस्तो काम हुने म कल्पना पनि गर्न सक्दिनँ’, उनले मंगलबार भनेकी छन्, ‘कर्मचारी समायोजनका क्रममा आफुले भनेको ठाउँमा जान नपाउँदा मैले केही रिस पोखेकी हुँ । आवेशमा आएर मैले गलत आरोप पनि लगाएकी हुँ तर महरा सरबाट ममाथि त्यस्तो कुनै दुर्व्यवहार भएको छैन ।’

रोशनीले मंगलबार साँझ नागरिकखबर अनलाइनसँग दिएको भिडियो अन्तरवार्तामा पनि आफूमाथि महराबाट त्यस्तो कुनै दुव्र्यवहार नभएको दोहोर्याएकी छन् । ‘आइतवार साँझ मेरो कोठामा कोही पनि आएको छैन’, उनले भनेकी छन्, ‘महरा सरसँग भेट नभएको पनि लामो समय भइसकेको छ। संसद सचिवालयमा रक्तचाप जाँच गर्दा देख भेट हुने हो । अहिले त उहाँसँग भेट नभएको धेरै भइसक्यो ।’

उनले सभामुख महरालाई बुवासरहको मान्छे भन्दै रिसको झोँकमा लगाएको आरोपप्रति पश्चताप गरेकी छन् । ‘कर्मचारी समायोजनका क्रममा भनेको ठाउँमा जान नपाउँदा मलाई धेरै रिस उठेको थियो । तर उहाँले मलाई फोन गरेर चिन्ता नगर म मिलाउँछु भन्नु भएको हो’, उनले भनिन्, ‘तर उहाँले एउटा आशयले गरेको फोनलाई पत्रकारहरुले पनि बंग्याएर लेखिदिएछन् ।’

शाहीले आफू आठ वर्षदेखि डिप्रेसनको औषधि पनि खाइरहेको खुलासा गरेकी छन् । उनी डिप्रेसनमा गएपछि लामो समय अस्पतालमै बसेर उपचार पनि गरेकी थिइन् । अहिले पनि आफुले डिप्रेसनको नियमित औषधि लिइरहेको उनले बताएकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
राजकुमार क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकबाट हटाइयो
1 week ago

राजकुमार क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकबाट हटाइयो

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रवन्धक परिवर्तन गरेको छ । प्राधिकरणले विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीलाई बिहीबार साँझ सचिवालयमा…

दशैँमा नेपाली सेनाले निःशुल्क बस सञ्चालन गर्ने(रुटसहित)
1 week ago

दशैँमा नेपाली सेनाले निःशुल्क बस सञ्चालन गर्ने(रुटसहित)

नेपाली सेनाले दशैँका अवसरमा यात्रुलाई निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ ।

राष्ट्रिय अभिलेखालयको कार्यालय सार्न मिल्दैनः पर्यटन मन्त्री भट्टराई
1 week ago

राष्ट्रिय अभिलेखालयको कार्यालय सार्न मिल्दैनः पर्यटन मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले उपयुक्त विकल्प तयार नभई काठमाडौंको रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयको कार्यालय अन्य नसार्ने अडान लिएका…

Below News 2