Hotline Khabar | News Website कृष्णबहादुर महराका दुई छोराको स्टाटसः क्रान्तिकारीहरुसँग फेरि भेट हुनेछ ! – Hotline Khabar
Nkhabar

कृष्णबहादुर महराका दुई छोराको स्टाटसः क्रान्तिकारीहरुसँग फेरि भेट हुनेछ !

  • हटलाइनखबर
  • १५ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, १५ असोज । यौन दुव्र्यवहार आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराका दुई छोरा निर्मल महरा ‘एटम’ र राहुल महराले बन्दुक समाएको फोटो राख्दै ‘फेरि युद्धमा जाने’ संकेत गरेका छन् ।

मंगलबार फेसबुकमा स्टाटस लेख्दै ‘समयले नयाँ बाटो पकड भनेकाले क्रान्तिकारीहरुसँग फेरि भेट हुने’ कुरा उल्लेख गरेका छन् । उनीहरुले एउटै स्टाटस सेयर गर्दै जनताको पक्षमा काम गर्दागर्दै अकल्पनीय परिस्थितिको सामान गर्नुपरेको कुरा उल्लेख गरेका छन् ।

उनीहरुको स्टाटसमा लेखिएको छ, ‘राजनैतिक इतिहासमा जनताकै पक्षमा अपूर्व त्याग गरियो, अकल्पनीय परिस्थितिको सामना पनि यही राजनीतिमा खेप्न्नु पर्यो, यो राजनीति भित्रको खेल रहेछ । आज व्यक्ति होइन, आस्था र विचारको धरोहर सम्झेर महरा सरको चिन्ता गर्ने, सामाजिक सञ्जालमा दृढतापूर्वक लड्ने, फोन खबरमा सम्झिने, पार्टी सङ्गठनद्वारा चिन्ता व्यक्त गर्ने, र मिडिया मार्फत सहयोग पुर्याई षड्यन्त्रको भन्डाफोर गर्न सहयोग पुर्याउने सञ्चारकर्मी, नेता, कार्यकर्ता, युवा, विद्यार्थी, विपक्ष दलका मित्रहरु चिन्ने मौका मिलेको छ । असली मित्र चिन्ने ठूलो मौका पनि मिलेको छ । बुख्याँचाहरु खडा गरि क्रान्तिकारी नेताहरुको इतिहास समाप्त पार्ने विदेशी शक्तिहरुको चलखेल पनि राम्रै देखियो र नेपाली दलालहरु पनि । यसले राजनीतिमा अझ क्रान्तिकारी बन्न सबक दिएको छ, शिक्षा लिएर जनताको पक्षमा अगाडि बड्न्ने प्रेरणा मिलेको छ । समयले नयाँ बाटो पकड भन्ने शन्देश दिएको छ, क्रान्तिकारीहरुसँग फेरि भेट हुनेछ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया
राजकुमार क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकबाट हटाइयो
1 week ago

राजकुमार क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकबाट हटाइयो

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रवन्धक परिवर्तन गरेको छ । प्राधिकरणले विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीलाई बिहीबार साँझ सचिवालयमा…

दशैँमा नेपाली सेनाले निःशुल्क बस सञ्चालन गर्ने(रुटसहित)
1 week ago

दशैँमा नेपाली सेनाले निःशुल्क बस सञ्चालन गर्ने(रुटसहित)

नेपाली सेनाले दशैँका अवसरमा यात्रुलाई निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ ।

राष्ट्रिय अभिलेखालयको कार्यालय सार्न मिल्दैनः पर्यटन मन्त्री भट्टराई
1 week ago

राष्ट्रिय अभिलेखालयको कार्यालय सार्न मिल्दैनः पर्यटन मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले उपयुक्त विकल्प तयार नभई काठमाडौंको रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयको कार्यालय अन्य नसार्ने अडान लिएका…

Below News 2