Hotline Khabar | News Website भारतबाट नआउने भएपछि झन् आकासियो प्याजको भाउ – Hotline Khabar
Nkhabar

भारतबाट नआउने भएपछि झन् आकासियो प्याजको भाउ

  • हटलाइनखबर
  • १५ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, १५ असोज । ‘प्याजको कति हो साहु जी ! आजसम्म १५० रुपियाँ हो तर भोलि कति पुग्छ थाहा छैन’ कीर्तिपुर चोकका तरकारी व्यापारी सन्तोष तामाङले मङ्गलबार बिहान प्याज किन्न आएका ग्रहाकलाई दिएको जवाफ हो यो ।

यसै पनि महँगिएको प्याज भारतका सञ्चारमाध्यमबाट आइतबार नेपालमा प्याज नपठाउने समाचार सार्वजनिक भएसँगै सोमबार बिहानैदेखि झनै महँगो भएको छ । यसको असर थोकदेखि खुद्रासम्म परेको छ । व्यापारीले यसअघि नै खरिद गरेर राखेको प्याजको समेत कृत्रिम अभाव गराएर महँगो भाउमा बिक्री वितरण गर्न थालेका छन् ।

हुन पनि गत वर्ष यो बेला प्रतिकेजी ३० रुपियाँ थोकमा पाइएको प्याज आइतबारसम्म प्रतिकेजी १०० रुपियाँसम्ममा थोकमा कारोबार भएको थियो भने मङ्गलबार थोक बजारमै पनि प्रतिकेजी १२० रुपियाँ पुगको छ । खुद्रा भाउ झनै मनपरी छ ।

कालीमाटीमा मात्रै दैनिक २२ देखि २५ टन प्याज भारतबाट आयात हुने गरेकोमा मङ्गलबार तीन टन मात्रै आएको व्यवसायीले बताएका छन् । व्यवसायीका अनुसार भारतबाट प्याज आउन ठप्प भएको छ तर भन्सारमा आइसकेका मात्रै आउने क्रममा रहेकाले फाटफुट आइरहेका छन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेल कालीमाटी बजारमा मङ्गलबार तीन टन मात्रै प्याज आएकाले बजारमा यसको अभाव देखिएको बताउँछन् । दैनिक २२÷२४ टन प्याज आउने गरेको बजारमा तीन टन आउँदा त हामी भारतसँग मात्रै परनिर्भर रहेको र त्यहाँ रोक लगाएपछि बजारमा अभाव भएको उनको भनाइ छ ।

प्याज अन्य देशमा निर्यात गर्दा भारतमै महँगो भएको भन्दै भारतीय नागरिकबाट चर्को विरोध भएपछि भारत सरकारले त्यहाँको प्याज निर्यातमा रोक लगाएको छ । यसको प्रत्यक्ष असर नेपालमा परेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन्

फेसबुकबाट तपाईको प्रतिक्रिया
नेकपाले सभामुख पद नछोड्ने, उपसभामुखको राजीनामा आउँदै
2 weeks ago

नेकपाले सभामुख पद नछोड्ने, उपसभामुखको राजीनामा आउँदै

नेकपाले सभामुख पद नछोड्ने भएको छ । कृष्णबहादुर महराको राजीनामापछि रिक्त सभामुखमा आफ्नै पार्टीका सांसदलाई बनाउन नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई…

जापानले नेपालबाट कामदारको संख्या बढायो
2 weeks ago

जापानले नेपालबाट कामदारको संख्या बढायो

जापानले पहिलो चरणमा नेपालबाट १ हजार केयरगिभरका लागि श्रमिक माग गर्ने जनाउँदै आवेदन खुला गरे पनि नेपाल सरकारको अनुरोधमा सो…

चीनको निगरानी गर्न भन्दै नेपाली भूमिमा भारतीय सेनाको ‘गस्ती’
2 weeks ago

चीनको निगरानी गर्न भन्दै नेपाली भूमिमा भारतीय सेनाको ‘गस्ती’

भारतीय सेनाले दार्चुलाको उत्तरी सीमामा गस्ती बढाएको छ । चीनको निगरानी गर्न भन्दै भारतीय सेनाले व्यास गाउँपालिकाका टिंकर क्षेत्रमा गस्ती…

Below News 2