Hotline Khabar | News Website महरा सरलाई जोडेर प्रहरीले मलाई अनावश्यक टर्चर दियोः रोशनी शाही – Hotline Khabar
Nkhabar

महरा सरलाई जोडेर प्रहरीले मलाई अनावश्यक टर्चर दियोः रोशनी शाही

  • हटलाइनखबर
  • १५ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, १५ असोज । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूलाई प्रहरीले ममानसिक तनाव दिएको खुलासा गरेकी छन् । केही दिन अगाडि कृष्णबहादुर महरामाथि यौन दुव्र्यवहारको आरोप लगाएकी शाहीले मंगलबार महरा सर आफ्नो बाउ समानको मान्छे भएकाले त्यस्तै नराम्रो सोच्न पनि नसक्ने बताएकी छन् ।

उनले एक्ली महिला एकाको कोठामा सिभिल ड्रेसका प्रहरी आएर सभामुख महरासँग भएका घटनालाई लिएर टर्चर दिएको बताएकी छन् । उनले एक स्टाटस लेख्दै भनेकी छन्, ‘आज बिहान करिब ७ बजे एक जना एकजना पुरुष सिभिल ड्रेसमा आउनुभयो उहाँहरुले हामी तपाईको सेक्युरिटिको लागि आएको भन्नुभयो र कोठामा बसाले पछि १०/१५ मिनेट पछि ६ जना सिभिल ड्रेसमा कोठामा बस्नुभयो अरु बाहिर कति हुनुहुन्थयो थाहा भएन वहाहरु सबै पुलिस फोर्सका सरहरु हुनुहुन्थयो । म एक्लै भको बेला तेसरि ग्वारग्वारति आएर मेरो कोठामा म एक्लैलाई आईतबार सभामुखको बारेमा सोधपुछ गर्न लाग्नु भयो आईतबार साँझ के के भयो भनेर पटक पटक मलाई मेन्टली टर्चर र दबाब तरिकाले सोधपुछ गरियो जब कि म एक्लै थिए मैले मेरो श्रीमान आउनुहुन्छ अनि उतै चौकीमा आएर कुरा गरौंला भन्दा पनि सबै कोठाहरुको निरीक्षण गर्नुभयो जुन आवश्यक नै थिएन यसरी पटक पटक मलाई दबाब दिएर अलि धम्काएको जस्तो गरि चार किल्ला घटना भएको ठाउँको मुचुल्का बनाउनुभयो एउटा उच्च ओहदाका प्रहरी ज्युहरुले मानसिक रुपमा टर्चर दिनुपर्ने नै थिएन कहिले मेरो घरबेटीलाई दुःख दिने कहिले मलाई टर्चर दिने हिसाबले आज बिहान जे गर्नुभयो त्यसको बिरोध गर्न मन लाग्यो र बाटोमा पनि दुईचार जना वरिपरि लुकेर बसेका हुन्छन् तेति सारो पहरा राख्नुपर्ने आवश्यकता छैन न हामी चोर हौ न त लुटेरा हामी हाम्रो स्वतन्त्र रुपले हिड्न पनि नपाउने ? के तेस्तो गरेका छौ र ? र आज मैले प्रेस मिट पनि गरिसकें सबै कुरा प्रेसमा आइसक्यो तसर्थ प्रहरी प्रशासनलाई मेरो आग्रह छ अब आइन्दा मेरो कोठामा आउने मेरो घरबेटीलाई पटक पटक दुःख दिने सोधपुछ गर्ने काम नगरौं मैले जाहेरी दिन मन लागे दिउँला नत्र नदिउँला तर मलाई मेरो घरबेटीलाई टेन्सन दिने काम नगरिदिनु होला धन्यवाद !’

फेसबुकबाट तपाईको प्रतिक्रिया
राजकुमार क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकबाट हटाइयो
1 week ago

राजकुमार क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकबाट हटाइयो

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रवन्धक परिवर्तन गरेको छ । प्राधिकरणले विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीलाई बिहीबार साँझ सचिवालयमा…

दशैँमा नेपाली सेनाले निःशुल्क बस सञ्चालन गर्ने(रुटसहित)
1 week ago

दशैँमा नेपाली सेनाले निःशुल्क बस सञ्चालन गर्ने(रुटसहित)

नेपाली सेनाले दशैँका अवसरमा यात्रुलाई निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ ।

राष्ट्रिय अभिलेखालयको कार्यालय सार्न मिल्दैनः पर्यटन मन्त्री भट्टराई
1 week ago

राष्ट्रिय अभिलेखालयको कार्यालय सार्न मिल्दैनः पर्यटन मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले उपयुक्त विकल्प तयार नभई काठमाडौंको रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयको कार्यालय अन्य नसार्ने अडान लिएका…

Below News 2