Hotline Khabar | News Website युएईएफए च्याम्पियन्स लिगः ब्रुगसँग रियल मड्रिड बराबरीमा रोकियो – Hotline Khabar

युएईएफए च्याम्पियन्स लिगः ब्रुगसँग रियल मड्रिड बराबरीमा रोकियो

  • हटलाइनखबर
  • १५ आश्विन, २०७६ मा प्रकाशित

एजेन्सी । युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा स्पेनिस क्लब रियल मड्रिडले बराबरी खेलेको छ । मंगलबार राति भएको खेलमा रियलले १० खेलाडीमा सिमित बेल्जियमको क्लब ब्रुगसँग २–२ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा दुई गोलले पछि परेको अवस्था उल्टाएर रियलले बराबरी खेलेको हो । पहिलो हाफमा २–० ले पछि परेको रियलले दोस्रो हाफमा दुई गोल फर्किएको थियो ।

सान्टियागो बेर्नाबेउमा खेलको नवौं मिनेटमा इमान्युएल डेनिसले गोल गर्दै ब्रुगलाई अग्रता दिलाएका थिए । खेलको ३९ औं मिनेटमा डेनिसले व्यक्तिगत दोस्रो गोल गर्दै ब्रुगलाई २–० को अग्रता दिलाए ।

तर, खेलको ५६ औं मिनेटमा कप्तान सर्जियो रामोसले गोल गर्दै रियललाई खेलमा फर्काउने कोशिस गरे । खेलको ८४ औं मिनेटमा रुड भोर्मेरले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा ब्रुग १० खेलाडीमा सिमित भयो ।

त्यसको एक मिनेट नबित्दै ८५ औं मिनेटमा कासिमिरोले गोल गर्दै रियललाई हारबाट जोगाए । यो बराबरीसँगै समूह ‘ए’ को रियलले पहिलो एक अंक जोडेको छ । समूह चरणको पहिलो खेलमा रियल पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग ३–० ले पराजित भएको थियो ।

२ खेलमा १ अंक जोडेको रियल पुछारमा छ । २ खेलमा २ अंक जोडेको ब्रुग दोस्रो स्थानमा छ । यस समूहमा ३ अंक जोडेको पीएसजी शीर्ष र १ अंक जोडेको गालतासारे तेस्रो स्थानमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
नेपालले खेल्ने विश्वकप छनोट खेल स्थगित
8 hours ago

नेपालले खेल्ने विश्वकप छनोट खेल स्थगित

कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप र चीनमा सन् २०२३ मा हुने एएफसी एसियन कपको संयुक्त छनोट प्रतियोगिताअन्तर्गत बाँकी…

टी-२० विश्वकप : भारतले २०२१ मा र अष्ट्रेलियाले २०२२ मा आयोजना गर्ने
1 day ago

टी-२० विश्वकप : भारतले २०२१ मा र अष्ट्रेलियाले २०२२ मा आयोजना गर्ने

सन् २०२१ को आईसीसी टी–२० विश्वकप क्रिकेट भारतमै हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी0 ले शुक्रबार २०२१ को…

रोनाल्डोको कीर्तिमानमा लेवान्डोस्कीको नजर
1 day ago

रोनाल्डोको कीर्तिमानमा लेवान्डोस्कीको नजर

बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीका लागि यो सिजन निकै सुखद बितिरहेको छ । शनिबार च्याम्पियन्स लिगमा चेल्सीविरुद्ध २ गोल र…

Below News 2