Hotline Khabar | News Website २०२१ का लागि डीभी खुल्यो, पासपोर्ट अनिवार्य चाहिने – Hotline Khabar
Nkhabar

२०२१ का लागि डीभी खुल्यो, पासपोर्ट अनिवार्य चाहिने

  • हटलाइनखबर
  • १५ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, १५ असोज । संयुक्त राज्य अमेरिकाले डाइभर्सिटी भिसा(डीभी) २०२१ का लागि आवेदन खुल्ला गरेको छ। सूचना अनुसार २०१९ अगष्ट २ नोभेम्बर ५ सम्म आनलाइनमार्फत आवेदन दिन सकिनेछ ।

अमेरिकाको आप्रवासी ऐन(इमिग्रेसन एण्ड नेशनालिटी एक्ट) को व्यवस्था अनुसार डिभीका लागि आवेदन खुल्ला गरेको हो । जस अनुसार अमेरिकामा कम आप्रवासी भएका मुलुकका नागरिकलाई अमेरिकाले चिठ्ठामार्फत भिसा उपलब्ध गराउँछ । डिभीमार्फत यस वर्ष ५५ हजारका लागि भिसा उपलब्ध गराउने सूचनामा जनाइएको छ । डिभी भरेवापत कुनै शुल्क लाग्ने छैन ।

अघिल्ला वर्षका शर्त यथावत राख्दै यसपटक अमेरिकाले डिभी भर्नका लागि पासपोर्ट नम्बर चाहिने नयाँ व्यवस्था गरेको छ । साथै जारी गरिएको देश र पासपोर्टको म्याद अवधि पनि उल्लेख गर्नु पर्नेछ ।

तर डिपेन्टेन्टमा जानेका लागि भने यो आवश्यक छैन । यसैगरी कम्युनिस्ट देशका नागरिक र देशविहीनहरूका लागि पनि इन्टरनेशनल ट्राभल पासपोर्ट नम्बर नचाहिने आवेदनको सूचनामा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
अष्ट्रेलियाले ल्यायो नयाँ नियम, नेपालसहित तीन देशका विद्यार्थीमा कडाइ
2 weeks ago

अष्ट्रेलियाले ल्यायो नयाँ नियम, नेपालसहित तीन देशका विद्यार्थीमा कडाइ

अष्ट्रेलियाले पछिल्लो समय नेपाली व्द्यिार्थी सहज रुपमा लैजाँदै आएकोमा अब भने कडाइ गर्ने भएको छ । अष्ट्रेलियाले नेपालसहित अन्य ३…

एनआरएनएको सचिवमा अभियन्ता सुष्मा राईको उम्मेदवारी
2 weeks ago

एनआरएनएको सचिवमा अभियन्ता सुष्मा राईको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिव पदमा सामाजिक अभियन्ता सुष्मा राईले उम्मेदवारी दिने भएकी छिन् ।

दुबईमा बस दुर्घटना, ६ जना नेपालीको ज्यान गयो
2 weeks ago

दुबईमा बस दुर्घटना, ६ जना नेपालीको ज्यान गयो

युएईको दुबईमा बस दुर्घटना हुँदा छजना नेपालीसहित आठ जनाको मृत्यु भएको छ ।

Below News 2