Hotline Khabar | News Website प्रहरी दिवसमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न – Hotline Khabar
Nkhabar

प्रहरी दिवसमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • हटलाइनखबर
  • १५ आश्विन, २०७६ मा प्रकाशित

बर्दिया, १५ असोज । ६४औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बर्दियामा निःशुल्क स्वास्थ्य शिविर तथा डेंगो रोग सम्बन्धी सचेतनामूलक प्रशिक्षण भएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दिया र मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगंजको आयोजना तथा नेपाल औषधी ब्यवसायी संघ बर्दियाको सहकार्यमा उक्त निःशुल्क स्वास्थ्य शिविर तथा प्रशिक्षण मंगलबार सम्पन्न भएको हो । शिविरमा करिब २ सय जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरिक्षक राजेश नाथ बास्तोला, क्षेत्रीय प्रहरी अस्पताल नेपालगंजका चिकित्सकहरु, पुर्व प्रहरी जिल्ला समिति बर्दियाका अध्यक्ष, नेपाल औषधी ब्यवसायी संघ बर्दियाका अध्यक्ष, संचारकर्मी, पुर्व प्रहरी तथा अमर प्रहरी परीवारका सदस्यहरु लगायत अन्य प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
राजकुमार क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकबाट हटाइयो
1 week ago

राजकुमार क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकबाट हटाइयो

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रवन्धक परिवर्तन गरेको छ । प्राधिकरणले विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीलाई बिहीबार साँझ सचिवालयमा…

दशैँमा नेपाली सेनाले निःशुल्क बस सञ्चालन गर्ने(रुटसहित)
1 week ago

दशैँमा नेपाली सेनाले निःशुल्क बस सञ्चालन गर्ने(रुटसहित)

नेपाली सेनाले दशैँका अवसरमा यात्रुलाई निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ ।

राष्ट्रिय अभिलेखालयको कार्यालय सार्न मिल्दैनः पर्यटन मन्त्री भट्टराई
1 week ago

राष्ट्रिय अभिलेखालयको कार्यालय सार्न मिल्दैनः पर्यटन मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले उपयुक्त विकल्प तयार नभई काठमाडौंको रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयको कार्यालय अन्य नसार्ने अडान लिएका…

Below News 2