Hotline Khabar | News Website नेपाली सेना ‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा सहभागी हुने – Hotline Khabar

नेपाली सेना ‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा सहभागी हुने

  • हटलाइनखबर
  • १५ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, १५ असोज । नेपाली सेना ‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा सहभागी हुने भएको छ । सेनाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चीनको यूहान प्रान्तमा आगामी कार्तिक १ गतेदेखि सुरु हुने सातौं विश्व सैन्य खेलकुद प्रतियोगितामा पहिलो पटक सहगागी हुन लागिएको जानकारी गराएको हो ।

अन्तर्राष्ट्रिय सैनिक खेलकुद परिषदको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता चीनको यूहान प्रान्तमा आयोजना हुँदैछ । प्रतियोगितामा नेपाली सेनाले पहिलो पटक भाग लिन लागेको महासेनानी शशीकिरण रायमाझीले जानकारी दिए ।

खेलकुदको माध्यामबाट विश्वमा शान्ति स्थापना गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय सैनिक खेलकुद परिषदले प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रतियोगितामा २५ वटा खेलसहित कुल २७ खेलहरु प्रर्दशन हुनेछन । जसमा एक सय ५ राष्ट्रका दश हजार सात सय १९ जना खेलाडी सहभागी हुने महासेनानी रायमाझीले जानकारी दिए । प्रतियोगितामा नेपाली सेनाले आर्चरी, ब्याटमिन्टन, बक्सिङ, घोडचढी, जुडो, तेक्वान्दोलगायतका १३ वटा खेलमा भाग लिनेछ ।

प्रतियोगिताको उद्घाटन सर्तमा विशेष अतिथिको रुपमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल पनि सहभागी हुने सेनाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
नेपालले खेल्ने विश्वकप छनोट खेल स्थगित
8 hours ago

नेपालले खेल्ने विश्वकप छनोट खेल स्थगित

कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप र चीनमा सन् २०२३ मा हुने एएफसी एसियन कपको संयुक्त छनोट प्रतियोगिताअन्तर्गत बाँकी…

टी-२० विश्वकप : भारतले २०२१ मा र अष्ट्रेलियाले २०२२ मा आयोजना गर्ने
1 day ago

टी-२० विश्वकप : भारतले २०२१ मा र अष्ट्रेलियाले २०२२ मा आयोजना गर्ने

सन् २०२१ को आईसीसी टी–२० विश्वकप क्रिकेट भारतमै हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी0 ले शुक्रबार २०२१ को…

रोनाल्डोको कीर्तिमानमा लेवान्डोस्कीको नजर
1 day ago

रोनाल्डोको कीर्तिमानमा लेवान्डोस्कीको नजर

बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीका लागि यो सिजन निकै सुखद बितिरहेको छ । शनिबार च्याम्पियन्स लिगमा चेल्सीविरुद्ध २ गोल र…

Below News 2