Hotline Khabar | News Website राजकुमारी मेगनले पठाएको निजी पत्र प्रकाशन गरेपछि पत्रिकाविरुद्ध मुद्दा – Hotline Khabar
Nkhabar

राजकुमारी मेगनले पठाएको निजी पत्र प्रकाशन गरेपछि पत्रिकाविरुद्ध मुद्दा

  • हटलाइनखबर
  • १५ आश्विन, २०७६ मा प्रकाशित

एजेन्सी । ब्रिटेनका राजकुमार ह्यारी पत्नी डचिस अफ ससिक्सले एक पत्रिकाले कानुनविपरीत आफ्नो निजी पत्र प्रकाशन गरेको भन्दै उसविरुद्ध कानुनी प्रक्रिया थालेकी छन् ।

राजकुमार ह्यारीले मेगनविरुद्धको प्रचारबाजीका कारण आफूहरू कानुनी उपचार खोज्न बाध्य भएको बताएका छन् । उनले मेगनले आफ्ना पितालाई लेखेको पत्रको अंश मेल अन सन्डेले अवैध रूपमा प्रकाशन गरेको बताए ।

‘मैले मेरी आमा गुमाएको छु र अहिले म मेरी पत्नी तिनै शक्तिशाली फौजको सिकार हुन लागेको देख्दैछु,’ राजकुमार ह्यारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राजकुमार ह्यारी प्रिन्सेस अफ वेल्स डायनाका कान्छा छोरा हुन्। सन् १९९७ मा उनको फोटो खिच्न फोटोग्राफरहरूले पछ्याउँदा राजकुमारी डायनाको फ्रान्सको राजधानी प्यारिसमा दुर्घटनामा परी मृत्यु भएको थियो ।

आफ्नी आमासँग भएका घटनालाई सङ्केत गर्दै ह्यारीले इतिहास फेरि दोहोरिन्छ कि भनेर आफूलाई ठूलो डर लागेको बताए । मेल अन सन्डे पत्रिकाले भने आफूले प्रकाशित गरेको समाचारको प्रतिरक्षा गरेको छ ।

ह्यारीका लागि काम गरिरहेको एउटा कानुनी संस्थाले उक्त पत्रिकाले दुष्प्रचार गरेको र अपमानजनक समाचार छापेको आरोप लगाएको छ ।

उक्त संस्थाले अदालतमा व्यक्तिगत सूचना, प्रतिलिपि अधिकारको हनन र डेटा सुरक्षासम्बन्धी सन् २०१८ को ऐन उल्लङ्घन गरेको भन्दै सम्बन्धित पत्रिका र उसको मातृसंस्थाविरुद्ध मुद्दा दायर गरेको छ ।

बीबीसीका शाही संवाददाता निकोलस विट्चलका अनुसार ह्यारीले जारी गरेको विज्ञप्ति स्पष्ट र ब्रिटेनका ट्याब्लोइडमाथि कडा आक्रमणभन्दा कम नरहेको बताएका छन् ।

ब्रिटेनको राजपरिवारले सञ्चारमाध्यमविरुद्ध कानुनी उपचार खोजेको यो नै पहिलो पटक भने होइन ।

सन् २०१७ मा फ्रान्सेली पत्रिका ‘क्लोजर’ विरुद्धको मुद्दामा ड्यूक अफ केम्ब्रिज राजकुमार विलिअम र उनी पत्नी डचिस अफ केम्ब्रिज क्याथरिनले एक लाख यूरो क्षतिपूर्ति पाएका थिए ।

उक्त पत्रिकाले क्याथरिनले कम्मरमाथि कपडा नलगाएको अवस्थामा खिचिएको तस्बिर प्रकाशन गरेको थियो । एउटा फ्रान्सेली अदालतले उक्त तस्बिरको प्रकाशनले गोपनीयतामाथि हस्तक्षेप गरेको ठहर गरेको थियो ।

ह्यारी र मेगनले कानुनी उपचारका लागि लाग्ने खर्च निजी रूपमा बेहोरिरहेको र त्यसबाट हुने कुनै आर्थिक लाभ ‘एन्टी–बुलीइङ’ सम्बन्धी परोपकारी कार्यमा खर्च गरिने बताइएको छ ।

सञ्चारमाध्यमलाई लोकतन्त्रको आधारशिला रूपमा चित्रित गर्दै विज्ञप्तिमा ह्यारीले आफूहरूले सञ्चारमाध्यमको स्वतन्त्रता, निष्पक्षता र सत्य विवरण माथि विश्वास राखेको उल्लेख गरेका छन् ।

तर परिणामको वास्ता नगरी सर्वसाधारणविरुद्ध अभियान चलाउने ब्रिटेनका ट्याब्लोइडको पछिल्लो सिकार आफ्नी पत्नी भएको ह्यारीले बताएका छन् ।

मेगन गर्भवती हुँदादेखि नवजात शिशु हुर्काउँदाको अवस्थामा पनि उनको खेदो गरिएको उनले बताएका छन् । मेगनले भोगेको पीडाको आफू लामो समयदेखि साक्षी भएको भन्दै ह्यारीले केही नगरी मौन बस्नु हामीहरूले विश्वास गर्ने सबै कुरा विपरीत हुने उल्लेख गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
इराकमा धर्मगुरुहरूले पैसा लिएर गैरकानुनी अस्थायी विवाह गरिदिने तथ्य सार्वजनिक
1 week ago

इराकमा धर्मगुरुहरूले पैसा लिएर गैरकानुनी अस्थायी विवाह गरिदिने तथ्य सार्वजनिक

इराकमा शिया मुस्लिम समुदायका धर्मगुरुहरूले पैसाको लागि गैरकानुनी विवाह गराउँदा महिला र बालिकाहरू यौन शोषणको जोखिममा परिरहेको तथ्य फेला परेको…

महात्मा गान्धीको अस्तु चोरियो
2 weeks ago

महात्मा गान्धीको अस्तु चोरियो

भारतको मध्य प्रदेशस्थित रिवामा रहेको महात्मा गान्धीको अस्तु चोरी भएको छ । महात्मा गान्धीको १५० औं जन्मजयन्ती मनाइरहेका बेला दुई…

उत्तर कोरियाले फेरि मिसाइल पक्षेपण गर्यो
2 weeks ago

उत्तर कोरियाले फेरि मिसाइल पक्षेपण गर्यो

अमेरिकासँग वार्ता गर्न तयार रहेको भनेको केही घण्टामा नै उत्तर कोरियाले बुधबार मिसाइल प्रक्षेपण गरेको छ ।

Below News 2