Hotline Khabar | News Website महात्मा गान्धीको अस्तु चोरियो – Hotline Khabar

महात्मा गान्धीको अस्तु चोरियो

  • हटलाइनखबर
  • १७ आश्विन, २०७६ मा प्रकाशित

एजेन्सी । भारतको मध्य प्रदेशस्थित रिवामा रहेको महात्मा गान्धीको अस्तु चोरी भएको छ । महात्मा गान्धीको १५० औं जन्मजयन्ती मनाइरहेका बेला दुई दिनअघि अस्तु चोरी भएको त्यहाँको राज्य प्रहरीले पुष्टि गरेको छ ।

सन् १९४८ मा गान्धीको अस्तुको केही भाग रिवास्थित बापू भवनमा राखिएको थियो । गान्धीको अस्तु चोरी भएको ठाउँमा उनको तस्बिरमाथि पनि दुव्र्यवहार भएको अधिकारीहरुले जनाएका छन्। तस्बिरमा केरमेट गरेको र देशद्रोही लेखेको पाइएको बीबीसीले जनाएको छ ।

रिवास्थित बापू भवनको रेखदेख गरिरहेका मंगलदीपले घटना लज्जास्पद भएको बताएका छन् । उनले महात्मा गान्धीको जन्मजयन्ती भएकाले आफूले विहानै भवनको ढोका खोलेर छोडेको र पछि गान्धीको अस्तु हराएको तथा तस्बिरमा दुव्र्यवहार भएको थाहा पाएको बताए ।

गान्धीले भारतबाट व्रिटिश शासन अन्त्य गर्न अहिंसात्मक आन्दोलनमार्फत् नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । तर भारतमा एक समूहले गान्धीलाई हिन्दु विरोधीका रुपमा प्रचार गर्दै आएको छ । उनको सन् १९४८ जनवरी ३० मा नाथुराम गोड्सेले हत्या गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
रुसले बनाएको कोरोना भ्याक्सिनबारे डब्लुएचओ अनभिज्ञ
3 days ago

रुसले बनाएको कोरोना भ्याक्सिनबारे डब्लुएचओ अनभिज्ञ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले रुसले तयार गरेको भनिएको कोरोना भ्याक्सिनबारे आफूलाई जानकारी नभएको बताएको छ। भ्याक्सिनबारे जानकारी नै नभएकाले…

भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर
3 days ago

भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर (चरण ३) भएको छ । ६१ वर्षीय अभिनेता दत्तलाई फोक्सोको क्यान्सर भएको पुष्टि भएसँगै…

ह्वाइट हाउस बाहिर गोली चल्यो : ट्रम्प
4 days ago

ह्वाइट हाउस बाहिर गोली चल्यो : ट्रम्प

एउटा पत्रकार सम्मेलन अचानक छाडेलगत्तै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउस बाहिर कसैलाई गोली हानिएको बताएका छन्। उनले ह्वाइट हाउसमै…

Below News 2