Hotline Khabar | News Website रूपन्देहीमा सवारी दुर्घटना, २ जनाको ज्यान गयो – Hotline Khabar
Nkhabar

रूपन्देहीमा सवारी दुर्घटना, २ जनाको ज्यान गयो

  • हटलाइनखबर
  • १७ आश्विन, २०७६ मा प्रकाशित

बुटवल, १७ असोज । रूपन्देहीका छुट्टा–छुट्टै दुई सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवलको नयाँगाउँमा मोटरसाइकल दुर्घटना हुँदा बुटवल–३, गोलपार्कका ४५ वर्षीय गणेश अधिकारीको ज्यान गएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु ३० प २३२१ नम्बरको मोटरसाइकल नयाँगाउँको मिलनपार्क नजिक शुक्रबार बिहान अनियन्त्रित भएर पल्टिँदा अधिकारी गम्भीर घाइते भएका थिए ।

उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याइएकोमा त्यही शुक्रबार बिहान उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।

यस्तै, बुटवल मण्डप अगाडि मोटरसाइकलको ठक्करबाट अर्का एक जनाको ज्यान गएको छ । लु ४४ प ७६५६ नम्बरको मोटरसाइकलले गएराति ठक्कर दिँदा घाइते अन्दाजी ५५ वर्षीय पुरुषको ज्यान गएको हो ।

वडा प्रहरी कार्यालय रामनगर बुटवलका इन्स्पेक्टर हेम केसीका अनुसार ती पुरुषको सनाखन हुन बाँकी छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई अनुसन्धान भइरहेको केसीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
राजकुमार क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकबाट हटाइयो
1 week ago

राजकुमार क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकबाट हटाइयो

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रवन्धक परिवर्तन गरेको छ । प्राधिकरणले विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीलाई बिहीबार साँझ सचिवालयमा…

दशैँमा नेपाली सेनाले निःशुल्क बस सञ्चालन गर्ने(रुटसहित)
1 week ago

दशैँमा नेपाली सेनाले निःशुल्क बस सञ्चालन गर्ने(रुटसहित)

नेपाली सेनाले दशैँका अवसरमा यात्रुलाई निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ ।

राष्ट्रिय अभिलेखालयको कार्यालय सार्न मिल्दैनः पर्यटन मन्त्री भट्टराई
1 week ago

राष्ट्रिय अभिलेखालयको कार्यालय सार्न मिल्दैनः पर्यटन मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले उपयुक्त विकल्प तयार नभई काठमाडौंको रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयको कार्यालय अन्य नसार्ने अडान लिएका…

Below News 2