Hotline Khabar | News Website राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बढायो शुल्क, सुत्केरी भत्ता दिने निर्णय – Hotline Khabar
Nkhabar

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बढायो शुल्क, सुत्केरी भत्ता दिने निर्णय

  • हटलाइनखबर
  • १७ आश्विन, २०७६ मा प्रकाशित

दाङ, १७ असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुत्केरी भत्ता प्रदान गर्ने भएको छ । यस अघि बन्द गरिएको सुत्केरी भत्तालाई पुनः दिन शुरु गर्ने निर्णय भएको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिए ।

तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा परिणत भएपछि बजेट रोकिएका कारण सुत्केरी भत्ता वितरण हुनसकेको थिएन । स्वास्थ्य मन्त्रालयले बजेट दिएपछि प्रतिष्ठानले आगामी कात्तिक १ गतेबाट प्रसूति सेवा लिन आउने महिलाका लागि सुत्केरी भत्ता दिने रजिस्ट्रार प्याकुरेलले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयबाट यसै हप्ता रु दुई करोड बजेट निकासा भएको र कात्तिक १ गतेबाट सरकारले दिँदै आएको रु एक हजार ८०० सुत्केरी भत्ता दिन लागेको हो ।

साथै प्रतिष्ठानले बहिरङ्ग सेवा र आकस्मिक सेवा शुल्कमा समेत हेरफेर गरेको छ । यसअघि बहिरङ्ग सेवा शुल्क रु २५ र आकस्मिक सेवा शुल्क रु ३० लिँदै आएकामा कात्तिक १ गतेदेखि लागू हुने गरी क्रमशः रु ६० र ८० कायम गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
राजकुमार क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकबाट हटाइयो
1 week ago

राजकुमार क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकबाट हटाइयो

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रवन्धक परिवर्तन गरेको छ । प्राधिकरणले विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीलाई बिहीबार साँझ सचिवालयमा…

दशैँमा नेपाली सेनाले निःशुल्क बस सञ्चालन गर्ने(रुटसहित)
1 week ago

दशैँमा नेपाली सेनाले निःशुल्क बस सञ्चालन गर्ने(रुटसहित)

नेपाली सेनाले दशैँका अवसरमा यात्रुलाई निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ ।

राष्ट्रिय अभिलेखालयको कार्यालय सार्न मिल्दैनः पर्यटन मन्त्री भट्टराई
1 week ago

राष्ट्रिय अभिलेखालयको कार्यालय सार्न मिल्दैनः पर्यटन मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले उपयुक्त विकल्प तयार नभई काठमाडौंको रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयको कार्यालय अन्य नसार्ने अडान लिएका…

Below News 2