Hotline Khabar | News Website दसैँमा नयाँ नोटको अभाव – Hotline Khabar

दसैँमा नयाँ नोटको अभाव

  • रासस
  • १७ आश्विन, २०७६ मा प्रकाशित

बेत्रावती, १७ असोज । मागअनुसार प्राप्त नहुँदा नुवाकोटमा दसैँका लागि नयाँ नोटको अभाव भएको छ । नुवाकोटका लागि नेपाल बैंकले वितरण गर्ने गरी प्राप्त भएको दुई करोड रुपैयाँ नयाँ नोटले माग धान्न नसकेको हो ।

बैंकको शाखा कार्यालय विदुरबाट सोमबारदेखि बुधबारसम्म नयाँ नोट वितरण गर्ने जनाए पनि मागअनुसार नोट दिन नसकेको शाखा प्रमुख सुजन राजकर्णिकारले जानकारी दिए । उनको अनुसार नुवाकोटका लागि नेपाल राष्ट्र बैंकसँग तीन करोड रुपैयाँ माग गरे पनि त्यो अनुसार प्राप्त नहुँदा अभाव देखिएको हो ।

’नयाँ नोटले माग धान्न नसकेपछि सटही गरिएको पुराना नोटका समेत अभाव भएको छ।’ शाखा प्रमुख राजकर्णिकारले भने, ’दशैँको समयमा नयाँ नोट नै प्रयोग गर्नुपर्छ भन्ने भावना हटाउन जागरुक हुनुपर्ने देखिएको छ ।’

नयाँ नोट सटहीको जिम्मेवारी पाएको नेपाल बैंकले सीमित रकम आएको भन्दै अन्य बैंक तथा वित्तीय संस्थालाई रकम उपलब्ध नगराउँदा सेवाग्राही थप समस्यामा परेका छन् ।

दशैँको समयमा बैंकमा हुने चापले अन्य बैंकमा खाता भएका सेवाग्राही पैसा झिकेर सटहीका लागि नेपाल बैंक पुगे पनि त्यहाँ रकम नपाउँदा निरास भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
नेपालमा श्रम गर्न भारतीयलाई प्रतिवन्ध
1 day ago

नेपालमा श्रम गर्न भारतीयलाई प्रतिवन्ध

काठमाडौं । सरकारले भारतबाट श्रम गर्न नेपाल प्रवेश गर्न रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको…

सरकारले तोक्यो पिउने पानीको मूल्य, अधिकतम खुद्रा मुल्य ५० रुपैयाँ
2 days ago

सरकारले तोक्यो पिउने पानीको मूल्य, अधिकतम खुद्रा मुल्य ५० रुपैयाँ

काठमाडौँ । वाणिज्य विभागले काठमाडौं उपत्यका र काभ्रे गरी चार जिल्लामा उत्पादन हुने बोतलबन्द पानीको न्युनतम समर्थन मूल्य तोकेको छ…

तोलाकै लाख पुग्न थाल्यो सुनको मूल्य, अहिलेसम्मका सबै रेकर्ड तोडियो
1 week ago

तोलाकै लाख पुग्न थाल्यो सुनको मूल्य, अहिलेसम्मका सबै रेकर्ड तोडियो

  काठमाडौं । लगातार बढिरहेको सुनको मूल्य आज पनि बढेको छ। सोमबार प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा स्थिर रहेको…

Below News 2