Hotline Khabar | News Website सेनाले साहसिक तथा पर्यटकीय गतिविधि सञ्चालन गर्ने – Hotline Khabar
Nkhabar

सेनाले साहसिक तथा पर्यटकीय गतिविधि सञ्चालन गर्ने

  • हटलाइनखबर
  • १७ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, १७ असोज । नेपाली सेनाले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को अवसर पारेर मुलुकको पर्यटन प्रवर्द्धनका लागि साहसिक तथा पर्यटकीय गतिविधि सञ्चालन गर्ने भएको छ ।

‘नेपाल भ्रमण वर्ष–२०२०’लाई सफल बनाउने नेपाल सरकारको लक्ष्यलाई सघाउ पु‍र्याउने गरी नेपाली सेनाले बिहीबार काठमाडौंमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईको उपस्थितिमा विदेशी पर्यटकहरुको सहभागिता हुने गरी माउन्ट एभरेष्ट एक्पिडिसन, नेपाल म्याराथुन लगायतका प्रतियोगितात्मक साहसिक खेलकुद कार्यक्रम तथा पर्यटकीय गतिविधि सञ्चालन गर्न लागिएको जानकारी गराएको हो ।

‘नेपाल भ्रमण वर्ष–२०२०’लाई सफल बनाउन नेपाली सेनाले पनि माउन्ट एभरेष्ट एक्पिडिसनलगायतका साहसिक खेलकुद कार्यक्रम घोषणा गरेको नेपाली सेनाका बलाधिकृत रथी सरद गिरीले जानकारी दिए ।

भ्रमण वर्षका अवसर सेनाले साहसिक खेल नेपाली म्याराथन दौड, जंगल सफारी, माउन्ट एभरेष्ट पदयात्रा, बहुराष्ट्रिय संयुक्त सैनिक सगरमाथा आरोहणलगातका नौं वटा कार्यक्रम आयोजना गर्न लागेको हो ।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले मुलुकले लिएको लक्ष्य प्राप्तिका लागि नेपाली सेनाले अघि सारेका जस्ता कार्यक्रम अन्य क्षेत्रले पनि अघि बढाउनुपर्ने जरुरी रहेको बताए । भ्रमण वर्षलाई सफल बनाएर नेपालको पर्यटन क्षेत्रको विकास गर्न सरकारले सक्दो पहल गरिरहेको पनि उनको भनाइ थियो ।

कार्यक्रमको मुख्य उद्देश्य भ्रमण वर्षलाई सफल बनाउने तथा नेपालसँगको अन्तर्राष्ट्रिय सम्बन्धलाई अझै विस्तार गर्नुरहेको पनि नेपाली सेनाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
राजकुमार क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकबाट हटाइयो
1 week ago

राजकुमार क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकबाट हटाइयो

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रवन्धक परिवर्तन गरेको छ । प्राधिकरणले विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीलाई बिहीबार साँझ सचिवालयमा…

दशैँमा नेपाली सेनाले निःशुल्क बस सञ्चालन गर्ने(रुटसहित)
1 week ago

दशैँमा नेपाली सेनाले निःशुल्क बस सञ्चालन गर्ने(रुटसहित)

नेपाली सेनाले दशैँका अवसरमा यात्रुलाई निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ ।

राष्ट्रिय अभिलेखालयको कार्यालय सार्न मिल्दैनः पर्यटन मन्त्री भट्टराई
1 week ago

राष्ट्रिय अभिलेखालयको कार्यालय सार्न मिल्दैनः पर्यटन मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले उपयुक्त विकल्प तयार नभई काठमाडौंको रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयको कार्यालय अन्य नसार्ने अडान लिएका…

Below News 2