Hotline Khabar | News Website अष्ट्रेलियाले ल्यायो नयाँ नियम, नेपालसहित तीन देशका विद्यार्थीमा कडाइ – Hotline Khabar
Nkhabar

अष्ट्रेलियाले ल्यायो नयाँ नियम, नेपालसहित तीन देशका विद्यार्थीमा कडाइ

  • हटलाइनखबर
  • १७ आश्विन, २०७६ मा प्रकाशित

अष्ट्रेलिया, १७ असोज । अष्ट्रेलियाले पछिल्लो समय नेपाली व्द्यिार्थी सहज रुपमा लैजाँदै आएकोमा अब भने कडाइ गर्ने भएको छ । अष्ट्रेलियाले नेपालसहित अन्य ३ देशका विद्यार्थीहरुलाई कडाइ गर्ने तयारी गरिरहेको छ ।

अष्ट्रेलियाको गृह मन्त्रालयले ल्याएको नयाँ नीति अन्तर्गत यसरी कडाइ गरिएका मुलुकमा नेपाल, भारत र पाकिस्तान रहेका छन् । नयाँ नियमले गर्दा ती देशका विद्यार्थीलाई अब अष्ट्रेलियाको भिसा पाउनका लागि झन् जटिल हुन सक्ने जनाइएको छ । यसले अष्ट्रेलियाको ३६ बिलियन डलरको अन्तर्राष्ट्रिय शिक्षा बजारमा पनि समस्या आउन सक्ने अष्ट्रेलियाको एक समाचार संस्थाले जनाएको छ ।

अष्ट्रेलियाको गृह मन्त्रालयले तीन देशलाई ‘रिस्क स्ट्याटस’को सबैभन्दा माथिल्लो चरणमा राखेको छ । पहिला पनि सोही स्ट्याटसमा रहे पनि ‘मिडियम’ तहमा राखिएकोमा अहिले ‘हाइ’ तहमा राखिएको सो समाचारमा जनाइएको छ ।

यस्तो हुनुमा ठगी, भिसा रद्द र भिसा पाउने व्यक्ति गैरकानुनी नागरिक भएको पाइनुले भएको उल्लेख गरिएको छ । यसबारेमा अष्ट्रेलिया सरकारले औपचारिक रुपमा नभने पनि सेप्टेम्बर २६ पछि आप्रवासन सम्बन्धी एजेन्टलाई जानकारी गराइसकिएको सो समाचारमा उल्लेख छ ।

अब आवेदकहरुले उनीहरुसँग पढ्नको लागि पैसा भएको र अंग्रेजी भाषा राम्रो भएको प्रमाण पनि पेश गर्नुपर्नेछ । मेलबर्नको ग्लोबल माइग्रेसनका निर्देशक तथा आप्रवासन सम्बन्धी एजेन्ट रनवीर सिंहले नयाँ व्यवस्थाले अप्ठेरो पर्ने बताए । पहिला पासपोर्ट र उनीहरु आधिकारिक विद्यार्थी रहेको प्रमाण दिए पुग्थ्यो तर अब झन् कडाइ गरिएको उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
२०२१ का लागि डीभी खुल्यो, पासपोर्ट अनिवार्य चाहिने
2 weeks ago

२०२१ का लागि डीभी खुल्यो, पासपोर्ट अनिवार्य चाहिने

संयुक्त राज्य अमेरिकाले डाइभर्सिटी भिसा(डीभी) २०२१ का लागि आवेदन खुल्ला गरेको छ। सूचना अनुसार २०१९ अगष्ट २ नोभेम्बर ५ सम्म…

एनआरएनएको सचिवमा अभियन्ता सुष्मा राईको उम्मेदवारी
2 weeks ago

एनआरएनएको सचिवमा अभियन्ता सुष्मा राईको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिव पदमा सामाजिक अभियन्ता सुष्मा राईले उम्मेदवारी दिने भएकी छिन् ।

दुबईमा बस दुर्घटना, ६ जना नेपालीको ज्यान गयो
2 weeks ago

दुबईमा बस दुर्घटना, ६ जना नेपालीको ज्यान गयो

युएईको दुबईमा बस दुर्घटना हुँदा छजना नेपालीसहित आठ जनाको मृत्यु भएको छ ।

Below News 2