Hotline Khabar | News Website सुवास नेम्वाङले गरे सभामुख बन्न अस्वीकार – Hotline Khabar
Nkhabar

सुवास नेम्वाङले गरे सभामुख बन्न अस्वीकार

  • हटलाइनखबर
  • १७ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, १७ असोज । कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र सभामुख कसलाई बनाउने भन्ने चर्चा चुलिएको छ ।

कतिपयले सभामुख अर्कै दलबाट ल्याउनुपर्ने तर्क राखे पनि नेकपा भने सभामुख आफ्नै पार्टीको बनाउनुपर्ने अडानमा छन् । नेकपाभित्र पनि दुई थरी मत आउन थालेको छ । एकथरी भन्छ, नयाँलाई चान्स दिउँ ? अर्को थरी भन्छ, सुवास नेम्वाङ वा ओनसरी घर्तीमध्ये एक जनालाई सभामुख बनाउँ । यी दुई तर्कले गर्दा सभामुखको टुंगो लगाउन नेकपालाई हम्मेहम्मे परेको छ । पहिले पनि सभामुख बनिसकेका उपनेता सुवास नेम्वाङलाई सभामुख बन्न प्रस्ताव आए पनि उनले त्यसलाई अस्वीकार गरेका छन् ।

उनले पटकपटक आफू सभामुख भइसकेकाले अब भने सभामुख नबन्ने अडान लिएका छन् । उनले पार्टीभित्र अन्य षमततावान नेताहरु पनि भएकाले सभामुखमा आँखा नगाड्ने बताए । उनले भने, ‘म धेरै पटक सभामुख भइसकेको छु । पार्टीमा अन्य नेता पनि हुनुहुन्छ । अब नयाँलाई अवसर दिउँ भन्ने पक्षमा म छु त्यसैले मलाई सभामुख बन्ने कुनै रहर छैन् ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया
Below News 2