Hotline Khabar | News Website काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई डेंगी, ब्लू क्रस अस्पतालमा भर्ना – Hotline Khabar

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई डेंगी, ब्लू क्रस अस्पतालमा भर्ना

  • हटलाइनखबर
  • १७ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, १७ असोज । काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई पनि डेंगी भएको पुष्टि भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनको स्वास्थ परीक्षण गरिएको थियो । परीक्षणका क्रममा उहाँलाई डेंगीको संक्रमण भएको पुष्टि भएको हो ।

उनलाई ब्लू क्रस अस्पताल त्रिपुरेश्वरमा भर्ना गरिएको छ । यसअघि कृषि मन्त्री चक्रपाणि खनाललाई पनि डेंगीको संक्रमण भएको थियो । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा डेंगीको संक्रमण फैलिएको छ । डेंगीका कारण यो वर्ष सात जनाको ज्यान गएको छ भने सयौँ प्रभावित छन् ।

एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाइका कारण डेंगी लाग्छ । यो जातको लामखुट्टेले बिहान र दिउँसोको समय टोक्ने गर्छ । लामखुट्टेको टोकाइबाट जोगिनु नै यो रोगबाट बच्ने मुख्य उपाय भएको डाक्टरले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
भट्टको नियुक्ति खारेज गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको माग
3 days ago

भट्टको नियुक्ति खारेज गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको माग

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारले हालै लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेका सुशील भट्टको नियुक्ति खारेज गर्न माग…

उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने
4 days ago

उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन्।

७ जिल्लाका सिडिओको पदस्थापन तथा सरुवा (सूचीसहित)
5 days ago

७ जिल्लाका सिडिओको पदस्थापन तथा सरुवा (सूचीसहित)

गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को पदस्थापन तथा सरुवा गरेको छ । आज बसेको मन्त्रीस्तरीय निर्णय अनुसार…

Below News 2