Hotline Khabar | News Website राष्ट्रपति र प्रधानमत्रीले सर्वसाधारणलाई टिका लगाइदिने – Hotline Khabar
Nkhabar

राष्ट्रपति र प्रधानमत्रीले सर्वसाधारणलाई टिका लगाइदिने

  • हटलाइनखबर
  • १७ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, १७ असोज । यसपालिको बडादसैंमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली दुवैले आफूकहाँ आउनेलाई टीका लगाइदिने कार्यक्रम तय भएको छ ।

यसपालिको टीकाको साइत असोज २१ गते मंगलबार बिहान १०ः३५ बजेको लागि तय भएको छ । राष्ट्रपति भण्डारीले साइतको टीका परिवारसँग लगाउने र संवैधानिक निकायका पदाधिकारीलाई टीका लगाइदिन दिउँसो १ देखि २ बजेसम्मको समय निर्धारण गरिएको राष्ट्रपति कार्यालयका सहसचिव शिव भट्टराईले जानकारी दिए ।

२ बजेपछि राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने छन् । सहसचिव भट्टराईले कसैलाई अनिवार्य नभनिएको र आउनेलाई लाइदिने कुरा भएको जानकारी दिए ।

उता प्रधानमन्त्री ओलीले पनि पहिलो चरणमा पारिवारिक टीका लगाएपछि बालुवाटार पुग्नेलाई टीका लगाइदिनेछन् । प्रधानमन्त्रीलाई चिकित्सकले टीकाको कार्यक्रममा भाग नलिनु भने पनि एक दिन भने उनले टीका लगाइदिने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
Below News 2