Hotline Khabar | News Website निर्वाचन आयोगले ‘गाई’ सँग मिल्ने ‘साँढे’ दियो, राप्रपाको आपत्ति – Hotline Khabar

निर्वाचन आयोगले ‘गाई’ सँग मिल्ने ‘साँढे’ दियो, राप्रपाको आपत्ति

  • हटलाइनखबर
  • १७ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, १७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो चुनाव चिन्ह ‘गाई’ सँग मिल्दोजुल्दो चिन्ह अर्को पार्टीलाई निर्बाचन आयोगले प्रदान गरेकोमा आपत्ति जनाएको छ ।

आज पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख निर्बाचन आयुक्त दिनेश थपलियालाई ज्ञापनपत्र बुझाएको छ ।

आफ्नो पार्टीको चुनाव चिन्ह सङ्ग मिल्दोजुल्दो ‘साँढे’ चुनाव चिन्ह दिएकोमा पार्टीको आपत्ति रहेको तामाङले प्रमुख थपलियालाई बताए । ‘आयोगले यो निर्णय सच्याउनु पर्छ’, तामाङले भने ।

एउटा पार्टीको चुनाव चिन्हसङ्ग मिल्ने चिन्ह अर्को पार्टीलाई दिने बिषय अनुचित भएको तामाङले बताए । आगामी उपनिर्बाचनमा गाई सङ्ग मिल्दोजुल्दो गोरु, अर्ना, भैसी, घोडा जस्तो चुनाब चिन्हले मतदानमा अन्यौल हुने हुदा यस बिषयमा निर्बाचन आयोगले उप निर्वाचन अघि नै निर्णय गर्नुपर्ने राप्रपाले जनाएको छ ।

राप्रपाको प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष तामाङ, प्रबक्ता सुशील श्रेष्ठ , सहायक महामन्त्री राजाराम बर्तौला र केन्द्रिय सदस्य बिजय खड्का थिए ।

प्रमुख आयुक्त थपलियाले यस बिषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको र सच्याउनु पर्ने पक्षहरुलाई सुधार गर्दै जाने प्रतिबद्धता ब्यक्त गरेको प्रतिनिधिमण्डलका सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
भट्टको नियुक्ति खारेज गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको माग
3 days ago

भट्टको नियुक्ति खारेज गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको माग

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारले हालै लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेका सुशील भट्टको नियुक्ति खारेज गर्न माग…

उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने
4 days ago

उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन्।

७ जिल्लाका सिडिओको पदस्थापन तथा सरुवा (सूचीसहित)
5 days ago

७ जिल्लाका सिडिओको पदस्थापन तथा सरुवा (सूचीसहित)

गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को पदस्थापन तथा सरुवा गरेको छ । आज बसेको मन्त्रीस्तरीय निर्णय अनुसार…

Below News 2