Hotline Khabar | News Website सन्दीप लामिछाने ‘द हन्ड्रेड’–१०० ड्राफ्टमा परे, मूल्य १ करोड ३९ लाख – Hotline Khabar
Nkhabar

सन्दीप लामिछाने ‘द हन्ड्रेड’–१०० ड्राफ्टमा परे, मूल्य १ करोड ३९ लाख

  • हटलाइनखबर
  • १७ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, १७ असोज । नेपालका युवा लगेस्पिनर सन्दीप लामिछाने आगामी वर्ष इंग्ल्यान्ड र वेल्समा हुने ‘द हन्ड्रेड’–१०० बलको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिताको ड्राफ्टमा परेका छन् । आगामी २० अक्टोबरमा हुने खेलाडी छनोटका लागि सार्वजनिक गरिएको ड्राफ्टमा ११ देशका खेलाडी पर्न सफल भएका छन् । ड्राफ्टमा सन्दीपसहित १६५ जना विदेशी खेलाडी छन् ।

२० अक्टोबरमा हुने ड्राफ्टमा तलबको आधारमा खेलाडीलाई ७ क्याटागोरीमा वर्गीकरण गरिएको छ । खेलाडीले आफूले नै तलब निर्धारण गरेका थिए । खेलाडीका लागि १ लाख २५ हजार पाउन्ड, १ लाख पाउन्ड, ७५ हजार पाउन्ड, ६० हजार पाउन्ड, ५० हजार पाउन्ड, ४० हजार पाउन्ड र ३० हजार पाउन्ड मूल्य निर्धारण गरिएको छ । एउटा क्याटागोरीबाट १ टिमले २ जना खेलाडी राख्नु पर्ने नियम बनाइएको छ ।

जसमा सन्दीपको १ लाख पाउन्ड (१ करोड ३९ लाख ७८ हजार रुपैयाँ) मूल्य छ । सन्दीपसँगै ७ विदेशी खेलाडीले १ लाख पाउन्ड मूल्य राखेका छन् । जसमा हरवजन सिंह, आन्द्रे रसेल, ग्लेन म्याक्सवेल, रासिद खान, सकिब अल हसन, तमिम एकबाल, साहिद अफ्रिदी, ड्वाइन ब्राभो र केइरन पोलार्ड छन् ।

‘द हन्ड्रेड’ मा बर्मिङघम फोनिक्स, लन्डन स्पिरिट, म्यानचेस्टर ओरिजिन्स, नर्दन सुपरचार्जर्स, ओभल इन्भिसिबल्स, साउदन ब्रेभ, ट्रेन्ट रकेन्स र वेल्स फायर गरी ८ टिमको सहभागिता रहनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
नेपाली सेना ‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा सहभागी हुने
2 weeks ago

नेपाली सेना ‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा सहभागी हुने

नेपाली सेना ‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा सहभागी हुने भएको छ । सेनाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चीनको यूहान प्रान्तमा…

टी–२० मा नेपालको स्थान खस्कियो
2 weeks ago

टी–२० मा नेपालको स्थान खस्कियो

वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रीका, चौथो स्थानमा भारत र पाँचौ स्थानमा अष्ट्रेलिया रहेका छन् ।

युएईएफए च्याम्पियन्स लिगः ब्रुगसँग रियल मड्रिड बराबरीमा रोकियो
2 weeks ago

युएईएफए च्याम्पियन्स लिगः ब्रुगसँग रियल मड्रिड बराबरीमा रोकियो

२ खेलमा १ अंक जोडेको रियल पुछारमा छ । २ खेलमा २ अंक जोडेको ब्रुग दोस्रो स्थानमा छ । यस…

Below News 2