Hotline Khabar | News Website इराकमा धर्मगुरुहरूले पैसा लिएर गैरकानुनी अस्थायी विवाह गरिदिने तथ्य सार्वजनिक – Hotline Khabar

इराकमा धर्मगुरुहरूले पैसा लिएर गैरकानुनी अस्थायी विवाह गरिदिने तथ्य सार्वजनिक

  • हटलाइनखबर
  • १७ आश्विन, २०७६ मा प्रकाशित

एजेन्सी । इराकमा शिया मुस्लिम समुदायका धर्मगुरुहरूले पैसाको लागि गैरकानुनी विवाह गराउँदा महिला र बालिकाहरू यौन शोषणको जोखिममा परिरहेको तथ्य फेला परेको छ ।

पुरुषहरूले पैसा खर्च गरेर छोटो समयावधिका लागि ‘प्लेजर म्यारिज’ अर्थात सुखप्राप्तिको लागि विवाह गर्ने गरेको भेटिएको छ । बीबीसीले गोप्य रूपमा गरेको अनुसन्धानले सुखप्राप्तिका लागि गरिने त्यस्ता विवाह अस्थायी हुने र केहीमा बालबालिका पनि सहभागी गराइने पाएको छ ।

यस्तो विवाह इराकमा गैरकानुनी मानिए पनि केही शिया मुस्लिम समुदायले यसलाई अनुमति दिने गरेको छ ।

यस्तो विवाहका लागि धर्मगुरुहरूले पुरुषलाई रकम तिराउने गरेका छन् । यो प्रचलनले महिला तथा बालिकाहरूको यौन शोषण हुने गरेको बताइएको छ । विवाह गराइएका केही बालिकाहरूको उमेर नौ वर्ष पाइएको छ ।

अनुसन्धानको क्रममा बग्दादको खादिमियास्थित प्रमुख शिया पीठहरूमा आसीन १० मध्ये आठजनाले सुखप्राप्तिका लागि विवाह गराइदिने गरेको बीबीसीलाई बताए ।

सुखप्राप्तिका लागि गरिने विवाह इस्लामिक परम्परा सुरु हुनुभन्दा अघि इरान र अरेबियाबाट सुरु भएको बताइन्छ । जानकारहरूका अनुसार त्यस्तो विवाह पूर्ण रूपमा मनोरञ्जनका लागि गरिन्छ र वंशवृद्धि गर्न पाइँदैन ।

अघिल्ला शताब्दीहरूमा त्यस्ता गतिविधि धार्मिक स्थलहरू र व्यापारिक केन्द्रहरूमा हुने गर्थे । एक्लै लामो यात्रा गर्ने पुरुषहरू त्यस्ता स्थानमा महिलाहरूको खोजी गर्थे ।

यो यस्तो प्रकारको विवाह हो जसमा सम्बन्ध वैधानिक रहने अवधि र अस्थायी श्रीमतीलाई दिने क्षतिपूर्ति पूर्वनिर्धारित हुन्छ ।

धर्मगुरुको रोहबरमा त्यस्ता सम्बन्ध गाँसिने भए पनि त्यस्ता सम्झौता मौखिक रूपमा पनि जोड्न सकिने र यसलाई मान्यता प्रदान गर्न धर्मगुरुकै आवश्यकता भने नरहने बताइन्छ ।

त्यस्ता सम्बन्ध एक घण्टादेखि ९९ वर्षसम्म कायम रहन सक्छ । विवाह गरेका पुरुषले कुनै पनि बेला सम्झौता रद्द गर्न सक्छन् । सुन्नी इस्लाममा भने त्यस्ता किसिमका विवाहलाई मान्यता छैन ।

तर केही धर्मगुरुहरूले भने मिस्यार भनिने वैकल्पिक विवाह सम्बन्ध स्विकार्छन् जुन जानकारहरूका अनुसार सुखप्राप्तिको लागि विवाह जस्तै हो । महिलाहरूमाथिको शोषण हुने भन्दै त्यसको पनि आलोचना गरिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
रुसले बनाएको कोरोना भ्याक्सिनबारे डब्लुएचओ अनभिज्ञ
23 hours ago

रुसले बनाएको कोरोना भ्याक्सिनबारे डब्लुएचओ अनभिज्ञ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले रुसले तयार गरेको भनिएको कोरोना भ्याक्सिनबारे आफूलाई जानकारी नभएको बताएको छ। भ्याक्सिनबारे जानकारी नै नभएकाले…

भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर
23 hours ago

भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर (चरण ३) भएको छ । ६१ वर्षीय अभिनेता दत्तलाई फोक्सोको क्यान्सर भएको पुष्टि भएसँगै…

ह्वाइट हाउस बाहिर गोली चल्यो : ट्रम्प
2 days ago

ह्वाइट हाउस बाहिर गोली चल्यो : ट्रम्प

एउटा पत्रकार सम्मेलन अचानक छाडेलगत्तै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउस बाहिर कसैलाई गोली हानिएको बताएका छन्। उनले ह्वाइट हाउसमै…

Below News 2