Hotline Khabar | News Website भियनामा सेल्फी सङ्ग्रहालय खोलियो – Hotline Khabar
Nkhabar

भियनामा सेल्फी सङ्ग्रहालय खोलियो

  • हटलाइनखबर
  • १७ आश्विन, २०७६ मा प्रकाशित

एजेन्सी । अष्ट्रियाको भियना शहरमा युवाहरूका लागि इन्स्टाग्राम तस्बिर खिच्न मिल्ने र आफ्नो कलाकृति बनाउन सकिने स्थान भएको सेल्फी सङ्ग्रहालय खुल्न लागेको छ ।

चहकिला रङ्ग पोतिएका भित्ताहरू र ठूला सामानहरूले यो सङ्ग्रहालयलाई सेल्फी खिच्नका लागि उपयुक्त स्थान बनाएको छ ।

‘सङ्ग्रहालय जाने युवाहरूको सङ्ख्या घटिरहेको छ त्यसैले त्यो अवस्था परिवर्तन गर्न हामी सामाजिक सञ्जाल प्रयोग गर्न खोजिरहेका छौँ,’ नोफिल्टर सङ्ग्रहालयका सह–निर्माता पेट्रा स्चार्गरले भनिन्, ‘उनीहरू वास्तविक संसारमा भन्दा अनलाइन संसारमा बाँच्न मन पराउँछन् ।’

सेल्फी सङ्ग्रहालय युवाहरूलाई रमाइलो हुने सामग्रीहरूले भरिएको छ । सेल्फी सङ्ग्रहालयमा २४ वटा कोठा छन् र त्यहाँ आउनेहरूले विभिन्न भित्ता र स्थानमा तस्बिर खिच्न सक्छन् ।

सिर्जनात्मक सेल्फी खिच्न मिल्ने स्थानहरूका साथै नक्कली खानेकुराले भरिएको एउटा कोठा पनि त्यहाँ छ । अहिले संसारभर सामाजिक सञ्जालका प्रयोगकर्ताहरूलाई लक्षित गरेर विभिन्न स्थानहरू बनाइएका छन् ।

सामाजिक सञ्जालमा धेरै मानिसहरूसँग जोडिएका केही प्रयोगकर्ताहरूले यो सेल्फी सङ्ग्रहालयमा आएर तस्बिर खिच्ने इच्छा देखाएका छन् । अमेरिकामा भएको आइसक्रिमको सङ्ग्रहालय सामाजिक सञ्जालमा चर्चित छ र यसको इन्स्टाग्राम अकाउन्टमा झन्डै चार लाख फलोअर छन् ।

सेल्फी सङ्ग्रहालयमा निर्माताहरूले प्रतिदिन तीनदेखि पाँच सय मानिसहरू आउने अपेक्षा गरेका छन् । ‘मलाई लाग्छ सङ्ग्रहालयको भविष्य यहि हो,’ स्चार्गरले भनिन्, ‘यसको खास उद्देश्य सेल्फी खिच्नु मात्रै होइन, तर यहाँ आएर कलासँग रमाइलो समय बिताउने हो ।’

सेल्फी सङ्ग्रहालयका निर्माताहरूले यसलाई संसारभर लैजाने योजना बनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
श्रीमानले गरे आत्महत्या, सात वटी श्रीमतीबीच तानातान !
2 weeks ago

श्रीमानले गरे आत्महत्या, सात वटी श्रीमतीबीच तानातान !

यो एउटा यस्तो स्थिती थियो जसबारे भारतको धर्मनगरी हरिद्वारको पुलिसले कहिले पनि कल्पना गरेका थिएनन् । कुनै व्यक्तिको मृत्यु हुन्छ…

हात धुनुको महत्त्व सम्झाउने चिकित्सकलाई हेपेर पागल भनिन्थ्यो !
2 weeks ago

हात धुनुको महत्त्व सम्झाउने चिकित्सकलाई हेपेर पागल भनिन्थ्यो !

त्यसको दुई हप्तापछि आफ्नो दाहिने हातमा लागेको चोटका कारण भएको सङ्क्रमणका कारण उनको ज्यान गयो । उनी ४७ वर्षका थिए…

‘बमबेल’ नामको घोडाले लेखायो ‘गिनिज बुक अफ वर्ड रेकर्ड’मा नाम
2 weeks ago

‘बमबेल’ नामको घोडाले लेखायो ‘गिनिज बुक अफ वर्ड रेकर्ड’मा नाम

संसारको सब भन्दा सानो घोडाले ‘गिनिज बुक अफ वर्ड रेकर्ड’मा नाम लेखाएको छ । संसारको सब भन्दा सानो घोडा‘बमबेल’ नामको…

Below News 2