Hotline Khabar | News Website राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणः एयरपोर्टमा २४ घन्टा हवाई उडान प्रभावित – Hotline Khabar
Nkhabar

राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणः एयरपोर्टमा २४ घन्टा हवाई उडान प्रभावित

  • हटलाइनखबर
  • १७ आश्विन, २०७६ मा प्रकाशित

काठमाडौं, १७ असोज । चिनियाँ राष्ट्रपति सि चिनफिङ नेपाल आउँदा विमानस्थलमा उडान प्रभावित हुने भएको छ ।

राष्ट्रपति सि चढेर आउने बोइङ ७४७–८०० विमान अवतरण हुँदा विमानस्थलको उडान तथा अवतरण २४ घन्टा प्रभावित हुने भएको हो । राष्ट्रपति सि सवार हुने जहाजले अन्तराष्ट्रिय उडान तर्फको जहाज पार्किङ वेको ८० प्रतिशत भन्दा बढी ठाउँ ढाक्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार ८ वटा पार्किङ वेमध्ये चिनियाँ राष्ट्रपति आउने जहाजले मात्रै ६ वटा जहाज पार्किङ गर्न सकिने ठाउँ ओगट्नेछ । जसका कारण अन्तर्राष्ट्रिय उडानमा २४ घन्टा भन्दा बढी समस्या आउने स्रोतको दाबी छ ।

चिनियाँ राष्ट्रपति सवार जहाज सम्भवत असोज २७ गते दिउँसो २ बजेर ४० मिनेटमा विमानस्थलमा ल्यान्ड हुने स्रोतको दाबी छ । ल्यान्ड भएको २४ घन्टाभन्दा बढी जहाज विमानस्थलमै पार्किङ गर्नुपर्दा अन्तर्राष्ट्रिय तर्फको ८० प्रतिशत उडान प्रभावित हुने स्रोतको दाबी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
Below News 2