Hotline Khabar | News Website विचार अनुरुपको नेतृत्व निर्माणमा अघि बढ्न अध्यक्ष प्रचण्डको आग्रह – Hotline Khabar

विचार अनुरुपको नेतृत्व निर्माणमा अघि बढ्न अध्यक्ष प्रचण्डको आग्रह

  • हटलाइनखबर
  • १७ श्रावण, २०७७ मा प्रकाशित

१७ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले विचार अनुरुपको नेतृत्व निर्माणमा दृढतापूर्वक अघि बढ्न आग्रह गरेका छन् ।

बकर इद्को अवसरमा शुभकामना दिँदै उनले नेपाली जनताले नयाँ विचारको विकासका आधारमा मुलुकको आर्थिक समृद्धिका लागि आफ्नो अभिमत प्रकट गरेको बताए ।

अध्यक्षले भने, ‘पुरानो सोच र संस्कृतिको अन्त्य गर्दै नयाँ वैचारिक आधारमा नयाँ सोच र संस्कृतिको विकास गर्नु आजको आवश्यकता हो ।’ नेपालको संविधानमा नेपाल बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र रहेको उल्लेखले पनि देशको बहुसांस्कृतिक पक्षलाई आत्मसात गरेको उनको भनाई थियो ।

अध्यक्ष प्रचण्डले समाजमा विकसित भएका सामाजिक मूल्य मान्यता, परम्परा, संस्कृति, उत्पादन सम्बन्ध, प्रविधि लगायतको भौतिक तथा अभौतिक पक्षको समुच्च रुप नै संस्कृति भएको बताए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया
विप्लव समूहका १३ कार्यकर्ता पक्राउ
1 day ago

विप्लव समूहका १३ कार्यकर्ता पक्राउ

कर्णाली । प्रहरीले  नेत्रविक्रम चन्द समूहका नेतारकार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार केही दिनयता रुकुम…

युवाको ज्ञान, सीप र क्षमतालाई सरकारले उपयोग गर्छ : प्रधानमन्त्री ओली
2 days ago

युवाको ज्ञान, सीप र क्षमतालाई सरकारले उपयोग गर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका लागि युवा विदेशिनुपर्ने बाध्यताको अन्त्य गरिने बताएका छन् ।राष्ट्रिय युवा परिषद्ले आज यहाँ अन्तर्राष्ट्रिय युवा…

त्रिवि तोडफोड गर्ने नेविसंघ कार्यकर्ता पक्राउ
3 days ago

त्रिवि तोडफोड गर्ने नेविसंघ कार्यकर्ता पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय र शिक्षाशास्त्र संकायमा तोडफोड गरेको आरोपमा प्रहरीले नेविसंघका ७ कार्यकर्तालाई पक्राउ गरेको छ ।…

Below News 2