Hotline Khabar | News Website गण्डकी प्रदेशमा १० ओटा मोटरेवल पुल निर्माण – Hotline Khabar

गण्डकी प्रदेशमा १० ओटा मोटरेवल पुल निर्माण

  • रासस
  • १७ श्रावण, २०७७ मा प्रकाशित

 

साउन १७, कास्की । गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष ०७६/७७ मा कास्की र स्याङ्जामा १० ओटा पक्की मोटरेवल पुल निर्माण गरेको छ । स्याङ्जामा ६ र कास्कीमा ४ गरी उक्त पक्की मोटरेवल पुल गत एक वर्षमा बनाइएको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका दुई जिल्ला कार्यक्षेत्र रहेको पूर्वाधार विकास कार्यालयबाट कोभिड–१९ को चुनौती र बन्दाबन्दीको प्रतिकूल अवस्थामा समेत समयमै पुल निर्माण सम्पन्न भएको कार्यालय प्रमुख एवं सिनियर डिभिजनल इन्जिनीयर शोभियत खड्काले जानकारी दिए ।

गत वर्ष निर्माण पूरा भएका पुलमा स्याङ्जाको बिरुवा गाउँपालिकाको आम्बोटमा रू. एक करोड ७६ लाख ३० हजार ५२८ लागतमा २५ मिटर लामो ‘स्पान’ पुल निर्माण गरिएको छ । गजेन्द्र निर्माण सेवाले ठेक्का लिएको सो पुल विसं २०७७ असार २२ गते तोकिएको समयभित्र नै निर्माण सम्पन्न भएको हो ।

स्याङ्जामै अर्मादी खोला पुलसमेत एक आर्थिक वर्षमै तोकिएको समय भित्रमा निर्माण सम्पन्न भएको छ । रू. एक करोड २७ लाख ५० हजार लागतमा जिएसआर राङखोला जेभीले १२ मिटर स्पान पुल निर्माण गरेको हो ।

फेदीखोला गाउँपालिकामा फेदीखोला पुल रू. दुई करोड ९१ लख ८५ हजार लागतमा गत आर्थिक वर्षमा निर्माण सम्पन्न गरिएको छ । २५ मिटर लामो पुल शान्ति निर्माण सेवाले काम गरेको पूर्वाधार कार्यालयले जानकारी दिएको छ ।

पुतलीबजार नगरपालिकास्थित भुवानीखोला पुल रू. एक करोड छ लाख लागतमा निर्माण कार्य पूरा भएको छ । विवेक एन्ड कुँवर जेभीसँग ठेक्का सम्झौता गरिएको सो पुल निर्माणका लाग विसं २०७६ जेठ ८ मा सम्झौता भएको थियो ।

त्यसैगरी भिरकोट नगरपालिकामा लुब्दीखोलामा रू. दुई करोड १५ लाख २१ हजार लागतमा गत वर्ष असार २९ गते निर्माण शुरु गरिएकोमा सो पुलसमेत सोही आर्थिक वर्षमा निर्माण सकिएको बताइन्छ । सो पुल २१ मिटर लामो छ ।

स्याङ्जाकै आँधीखोला गाउँपालिकामा बाँस्कोटखोला पुल रू. एक करोड १८ लाख ६० हजार लागतमा तयार गरिएको छ । ११ मिटर लामो स्पान पुल निर्माण गत वर्ष असार २ गते काम शुरु भएको थियो ।

त्यसैगरी कास्कीको पोखरा महानगरपालिकास्थित फुस्रेखोला चिसापानी पुल रू. तीन करोड ९८ लाख ४९ हजार लागतमा निर्माण सम्पन भएको छ । ३८ मिटर लामो पुल निर्माणको जिम्मा श्री गीता/सिम्रन जेभीले लिएको थियो । पोखरा महानगरपालिका–२० मा रू. दुई करोड ३२ लाख ११ हजार लागतमा २५ मिटर स्पान र कल्भर्ट सहितको पुल गत गजेन्द्र/सिम्रन जेभीले निर्माण गरेको हो । पुल निर्माण कार्य गत वर्ष असार १२ गतेदेखि शुुरु भएको थियो ।

कास्कीकै माछापुच्छ्रे गाउँपालिका वडा नं १ र २ जोड्ने गरी सेती नदीमा निर्माण शुरु गरिएको सेती नदी खारपानी पुलसमेत गत आवमा सम्पन्न भएको छ । विसं २०७२ चैतमा तत्कालीन जिल्ला विकास समितिबाट पुल निर्माणको प्रक्रिया शुरु गरिएकोमा गण्डकी प्रदेश सरकार स्थापनाको एक वर्षपछि पुल प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो ।

लामो समय काम ठप्प रहेको पुल प्रदेश सरकारलाई हस्तान्तरणपछि कामले गति लिएको हो । रू. चार करोड १२ लाख लागतमा ५८ मिटर लामो पुल निर्माणको जिम्मा मृत सञ्जीवनी निर्माण सेवाले कामको जिम्मा लिएको थियो ।

मादी गाउँपालिकामा निर्माण गरिएको मादी नदी (ज्याम्दु)पुल समेत प्रदेश सरकारकालाई हस्तान्तरणपछि कामले तीव्रता पाएको हो । काममा ढिलाइ हुँदा एकपटक बाढीले समेत सो पुल बगाएको थियो । रू. आठ करोड लागतमा ८० मिटर लामो पुल निर्माणको जिम्मा मृत सञ्जीवनी निर्माण सेवाले नै लिएको थियो । सो पुलसमेत गत आवमा निर्माण सम्पन्न भएको हो ।

प्रदेश सरकार स्थापनापछि मात्र प्रदेशका दुई जिल्लामा १७ पुल निर्माण गरिएको पूर्वाधार कार्यालयले जानकारी दिएको छ । आव ०७५/७६ मा सात र गत वर्ष १० ओटा निर्माण सम्पन्न गरिएको कार्यालयका इन्जिनीयर सुमन गिरीले जानकारी दिए । उनका अनुसार चालू आवमा समेत १० ओटा पुल आवश्यक प्रक्रिया सम्पन्न गरी निर्माणको चरणमा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
लकडाउन गर्ने अधिकार स्थानीय तहलाई दिने निर्णय
1 week ago

लकडाउन गर्ने अधिकार स्थानीय तहलाई दिने निर्णय

सरकारले कोरोना संक्रमणको अवस्था हेरेर स्थानीय तहबाट लकडाउन गर्न सकिने बताएको छ । बिहीबार मन्त्रिपरिषिद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका…

विराटनगरमा भदौ १ गतेसम्म लकडाउन हुने
2 weeks ago

विराटनगरमा भदौ १ गतेसम्म लकडाउन हुने

विराटनगर, साउन १६  । कोभिड-१९ सङ्क्रमणको जोखिम बढेपछि विराटनगर महानगरपालिकामा लकडाउन घोषणा गरिएको छ । महानगरपालिकामा बसेको महानगरस्तरीय कोभिड क्राइसिस…

आज असार १५ अर्थात धान दिवस, यस्तो छ दही चिउराको वैज्ञानिक महत्व
1 year ago

आज असार १५ अर्थात धान दिवस, यस्तो छ दही चिउराको वैज्ञानिक महत्व

काठमाडौँ, १५ असार । मुठी खाएर मुरी उब्जाउने महीनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपाल राज्यभर धान दिवस, रोपाइँ…

Below News 2