जब महिलाले आफूलाई कुखुरा ठानिन् …
-
हटलाइनखबर
-
२२ श्रावण, २०७७ मा प्रकाशित
बेल्जियमको केयू ल्यूभेन युनिभर्सिटीका डाक्टरले ५४ वर्षीया महिलाले आफूलाई कुखुरा ठानेर त्यस्तै व्यवहार गरेको रोचक घटनाबारे जानकारी दिएका छन् ।
नाम नखुलाइएकी ती विवाहित महिलाको एक फार्मेसीमा राम्रै जागिर थियो । उनी हालसम्म मदिरा र ड्रग्स केहीको लतमा परेकी छैनन् ।
एकदिन उनका भाइले आफ्नी दिदीलाई कुखुराले झैं कराइरहेको भेटे । दिदीले गाला फुलाइरहेको र कुखुराले झैं व्यवहार गरेर कराएको देखेपछि उनका भाइले उनलाई नजिकैको अस्पताल पुर्याए । अस्पताल पुगेपछि ती महिलाले डाक्टरलाई आफू कुखुरा भएको र खुट्टामा नयाँ अनुभव भइरहेको बताइन् ।
ती महिलामा एकाएक जोआनथ्रोपी देखिएको थियो । जोआनथ्रोपी एक मानसिक विकार हो जसबाट पीडित मानिसले आफू कुनै जनावर भएको ठान्छन् । ती महिलाको शल्यक्रिया गरियो तत्पश्चात् उनी आफ्नो पुरानै परिचयमा फर्किएकी छिन् र आफूले गरेको त्यो रोचक व्यवहार उनलाई याद नै छैन ।
जब उनको परिवारले उनलाई अस्पताल ल्याउनुको कारण बारे बतायो तब उनी निकै लज्जित भएको डाक्टरको रिपोर्टमा उल्लेख गरिएको छ ।
यो महिलाको हकमा उनी आफ्नो परिवारको सदस्य गुमाएका कारण डिप्रेशनमा परेको र उनी जोआनथ्रोपीबाट ग्रसित भएको हुनसक्ने डाक्टर बताउँछन् । तर यस्तै स्थिती उनका अन्य आफन्तमा पनि देखिएको जानकारी दिइएको छ ।

जसले चितुवासँग कुस्ती खेलेर आफूलाई बचाए
तस्बिरः राजधानी दैनिक लमजुङ । लमजुङमा एक व्यक्तिले चितुवासँग भिडेर बाँचेका छन् उनकै आक्रमणमा चितुवा मेरको छ । जंगल नजिकै…

गान्धीको चश्मा तीन लाख ४० हजार डलरमा बिक्यो
भारतीय स्वतन्त्रताका नायक महात्मा गान्धीले लगाएको सुनौलो चश्मा ३ लाख ४० हजार अमेरिकी डलरमा बेलायतमा बिक्री भएको लिलामसम्बन्धी काम गर्ने…

श्रीमानले गरे आत्महत्या, सात वटी श्रीमतीबीच तानातान !
यो एउटा यस्तो स्थिती थियो जसबारे भारतको धर्मनगरी हरिद्वारको पुलिसले कहिले पनि कल्पना गरेका थिएनन् । कुनै व्यक्तिको मृत्यु हुन्छ…
फेसबुकबाट तपाईको प्रतिक्रिया