Hotline Khabar | News Website १९१ यात्रु बोकेको एयर इंडियाको विमान दुर्घटनाग्रस्त – Hotline Khabar

१९१ यात्रु बोकेको एयर इंडियाको विमान दुर्घटनाग्रस्त

  • हटलाइनखबर
  • २३ श्रावण, २०७७ मा प्रकाशित

काठमाडौँ, साउन २३ गते । भारतको केरलमा विमान धावनमार्गबाट चिप्लिँदा एक पाइलटसहित कम्तीमा तीन जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनास्थलबाट धेरैजसोको उद्दार भइसकेको जनाइएको छ। कम्तीमा ३५ जना घाइते भएका छन्।

दुबई बाट आएको सो विमान अवतरण गर्ने क्रममा चिप्लिएको बीबीसीले जनाएको छ । विमानमा चालकदलका सदस्य सहित १९१ जना सवार थिए ।

नागरिक उड्डयन मन्त्रालय को अनुसार यो दुर्घटना भारतको समय अनुसार बेलुका सात बजेर ४१ मिनेट जादा भएको हो । विमान ल्यान्ड हुने बित्तिकै रनवेमा आगो देखिए पनि विमान आगलागि हुनबाट भने जोगिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित शीर्ष नेताहरुले घटनाप्रति दुःख व्यक्त गरेका छन्। दुर्घटनाग्रस्त विमान दुई टुक्रा भएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया
भारतमा २४ घण्टाभित्र भेटिए ९१,७२३ संक्रमित, बिरामीको आँकडा ४२ लाख पार
3 weeks ago

भारतमा २४ घण्टाभित्र भेटिए ९१,७२३ संक्रमित, बिरामीको आँकडा ४२ लाख पार

भारतमा कोरोना बिरामीको आँकडा ४२ लाख पार भइसकेको छ । हालसम्म ४२ लाख २ हजार ५ सय ६२ व्यक्ति संक्रमित…

भारतमा पब्जीसहित ११८ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध
4 weeks ago

भारतमा पब्जीसहित ११८ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध

भारतले चीनले विकास गरेका पब्जीसहित ११८ वटा मोबाइल एप्सलाई प्रतिबन्ध लगाएको छ । बुधबार भारतको इलेक्ट्रोनिक्स तथा सूचना मन्त्रालयले एक…

कोरोनाका कारण हरेक १५ सेकेन्डमा एकको मृत्यु
1 month ago

कोरोनाका कारण हरेक १५ सेकेन्डमा एकको मृत्यु

कोरोनाभाइरसको कहर नेपाललगायत विश्वव्यापी रुपमा बढ्दो क्रममा छ । अझै केही देशमा त नियन्त्रणमा आइसकेको कोरोनाको पुनः दोस्रो लहर देखिएको…

Below News 2