Hotline Khabar | News Website भारतको प्रस्टीकरण : बुद्ध नेपालमै जन्मिएकोमा शंका छैन – Hotline Khabar

भारतको प्रस्टीकरण : बुद्ध नेपालमै जन्मिएकोमा शंका छैन

  • हटलाइनखबर
  • २५ श्रावण, २०७७ मा प्रकाशित

२५ साउन, काठमाडौं । भारतीय विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको प्रष्ट पारेको छ ।

मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बुद्ध लुम्बिनीमा जन्मिएका हुन् भन्नेमा कुनै शंका छैन, जुन नेपालमा पर्छ ।’

शनिबार नयाँ दिल्लीमा भएको एक कार्यक्रममा भारतीय विदेश मन्त्री एस। जयशंकरले बुद्धलाई महान् भारतीयका रुपमा चित्रण गरेपछि नेपालले यसको विरोध गरेको थियो । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै बुद्ध नेपालमा जन्मिएकोमा कुनै दुविधा नभएको र यसको यथेष्ट प्रमाण पनि भएको बताएको थियो ।

विदेश मन्त्री एस। जयशंकरले शनिबार दिल्लीमा भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इन्डिया इन्डष्ट्रिद्धारा आयोजित इन्डिया एट ७६ भर्चुअल सम्मेलनमा सम्बोधन गर्ने क्रममा गौतम बुद्ध भारतीय भएको दाबी गरेका थिए ।

उनले यो कार्यक्रममा दिएको अभिव्यक्तिबारे मिडियाबाट राखिएका जिज्ञासाको जवाफ भनेर जारी गरिएको विज्ञप्तिमा विदेशमन्त्री जयशंकरले नेपाल र भारतबीच रहेको संयुक्त बौद्ध परम्परा र सम्पदालाई इंगित गरेको प्रष्टीकरण पनि दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषण गर्छौ , मन्त्री बस्नेत
1 week ago

जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषण गर्छौ , मन्त्री बस्नेत

असोज ७, काठमाण्डौं वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले जनयुद्धका सम्पूर्ण सहिदहरुलाई सरकारले राष्ट्रिय सहिद घोषण गर्ने तयारी भईरहेको…

स्थायी समिति बैठकमा पेस भएको अध्यक्षद्वयको प्रस्ताव सर्वसम्मत पारित
3 weeks ago

स्थायी समिति बैठकमा पेस भएको अध्यक्षद्वयको प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को असार १० गतेबाट शुरु भएको स्थायी समितिको बैठक आज सम्पन्न भएको छ ।…

देश र जनतालाई केन्द्रमा राखेर काम गर्न अध्यक्ष थापाको आग्रह
3 weeks ago

देश र जनतालाई केन्द्रमा राखेर काम गर्न अध्यक्ष थापाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश, जनता र प्रजातन्त्रलाई केन्द्रमा राखेर काम गर्न आफ्ना नेता तथा  कार्यकर्तालाई आग्रह गरेका…

Below News 2