Hotline Khabar | News Website सालको पातको ‘भ्यूज’ छ करोड नाघ्यो – Hotline Khabar
Shivangi

सालको पातको ‘भ्यूज’ छ करोड नाघ्यो

  • रासस
  • २६ श्रावण, २०७७ मा प्रकाशित

लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ । यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा छ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ ।

सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ । सार्वजनिक भएको छोटो अवधिमा धेरै हेरिएको लोकदोहोरीमा उक्त गीत दर्ज भएको थियो । चार महिना नबित्दै युट्युबमा दुई करोड भ्यूज नाघेको थियो ।

गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको मीठो स्वर भर्नुभएको छ । युवा पुस्ताका गीतकार नवराज पन्तको शब्दमा वसन्त थापाले सङ्गीत दिएका छन् । स्रोता–दर्शकले अत्यधिक रुचाएपछि गीतले एकाएक चर्चा र प्रसिद्धि कमाएको थियो । अहिले पनि गीतको भ्यूज निरन्तर बढेको छ । पछिल्लो एक महिनामा झण्डै दश लाख पटक हेरिएको छ । “स्रोताको मन जित्नु ठूलो कुरा रहेछ, व्यावसायिक हिसाबले पनि गीत सफल रह्यो”, सङ्गीतकार थापाले भने ।

झ्याउरे लयमा ठेट जनजीब्राका शब्द र मनछुने स्वरले गीतमा प्राण भरेको छ । कुशल अभिनय र नृत्यले दर्शक लोभ्याउँछ । म्युजिक भिडियोमा नायिका मरिष्का पोखरेलसँगै गायक विश्वकर्मा र सङ्गीतकार थापाको अभिनय छ ।

निर्देशन शिव विकले गरेका छन्। हाल अमेरिकामा रहनुभएका गीतकार पन्तका अनुसार गीतमा प्रेममा सिर्जित अविश्वास र त्यसको भोगाइको कारुणिक यथार्थबादी कथा छ । “मानवीय प्रेम र सम्बन्धमा आउने उतारचढाव गीतको रचनागर्भ हो”, उनले भने ।

गायक विश्वकर्माले गीतले यतिसम्म चर्चा पाउँला भनेर पहिले नसोचिएको प्रतिक्रिया दिए । उनको साङ्गीतिक जीवनको मानक गीतका रुपमा सालको पातलाई सधैँ सम्झिने छ । अभ्यास डिजिटल म्युजिक प्रालिद्वारा निर्मित गीत ‘वसन्त थापा’ नामको युट्युब च्यानलबाट सार्वजनिक भएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया
लघुकथा : सत्ताकाे लय
2 weeks ago

लघुकथा : सत्ताकाे लय

  “मलाई घरकाे न घाटकाे बनाउने ?” “धराेधर्म, कसम म तिमीलाई छाेड् सक्दिन !” दुखकाे बेलामा मेराे प्रेमकाे पत्थर एकाएक…

एउटा कालजेयी सपना
3 months ago

एउटा कालजेयी सपना

कविता : एउटा कालजेयी सपना एउटा सपना त्यो कालजेयी सपना जसले नवयुगको निमार्ण गर्यो निद्रामा भएकालाई ब्युँझायो तन्द्रामा भएकालाई उठायो…

‘प्रेम दिवस’लाई ‘लभ डायरिज’
3 months ago

‘प्रेम दिवस’लाई ‘लभ डायरिज’

काठमाडौं ।  ‘प्रेम दिवस’ अर्थात ‘भ्यालेन्टाइन डे’को अवसर पारेर प्रेमकथामा बनेको फिल्म ‘लभ डायरिज’ रिलिज भएको छ । फ्राइडे रिलिज…

Below News 2